लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन लमहीमा हुने

दाङ, १३ फागुन । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यहि फागुनको १८ गते लमहीमा हुने भएको छ ।

नेपाली कांग्रेसको भातृ संघका रुपमा रहेको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेशको मंगलवार लमहीमा बसेको बैठकले फागुनको १८ गते लमहीमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लुम्बिनी प्रदेशका संयोजक पूर्णप्रसाद कालाथोकीले जानकारी दिएका छन् । उनका अनुसार उद्घाटन सत्रमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहने भएको छ ।

संयोजक कालाथोकीका अनुसार प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा तीन सय ८६ बढी महाधिवेशन प्रतिनिधिको उपस्थीति रहने भएको छ । बैठकले प्रथम लुम्बिनी प्रदेशस्तरीय अधिवेशनलाई भव्य बनाउनका तयारी गर्ने समेत निर्णय गरेका छ ।