दाङ,११ फागुन । स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पसमा कक्षा इकाइ समिति गठनलाई तीव्र बनाएको छ । क्याम्प्समा आइतवार भएको विद्यार्थीहरुको भेलाले विविएस प्रथम बर्ष र बिएसी प्रथम बर्षमा इकाइ समिति गठन गरेको हो ।
नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्प इकाइ सभापति समिर केसीको सभापतित्व एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीको प्रमुख आतिथ्यतामा भएको विद्यार्थीको भेलाले विविएस प्रथम बर्षमा प्रशान्त पाण्डेयको सभापतित्वमा ३३ सदस्यीय समिति गठन गरेको हो । जसको उपसभापतिमा बृष्टि डिसी र अनुषा कार्की, सचिवमा दिपका घर्तीमगर, सहसचिवमा सुशान्त पोख्रेल, कोषाध्यक्षमा रितु खड्का चयन भएकी छिन् ।
त्यसैगरी आइतवार नै बिएसी प्रथम बर्षमा भएको विद्यार्थीको भेलाले इमन घिमिरेको सभापतित्वमा १९ सदस्यीय कक्षा समिति गठन गरेको छ । उपसभापतिमा सिर्जना गौतम र आर.एन. केसी, सचिवमा सिर्जना भण्डारी, सहसचिवमा आषिक बुढामगर र कोषाध्यक्षमा आकृति खड्का चयन भएकी छिन । भेलामा बोल्ने बत्ताहरुले नेविसंघलाई संगठित गर्दै विद्यार्थीको हकहितसँगै स्ववियुमा आफनो नेतृत्वलाई कायम गर्ने गरि लाग्नुपर्नेमा जोड दिएका थिए ।
भेलामा नेविसंघका जिल्ला सदस्यहरु दिपेश डिसी, गुरु गौतम, दिपेन्द्र खड्का, स्ववियु सभापति मनोज डिसी, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसका इकाइ सल्लाहकार ओमप्रकाश शर्मा,सहसचिव सचिन गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यार्थी नेता तथा स्ववियु सचिव बसन्त भण्डारीको स्वागत मन्तव्यावाट सुरु भएको कार्यक्रमका सहजीकरण नेविसंघ महेन्द्र बहुमुखी क्यामस इकाइ कोषाध्यक्ष सहजीकरण रमिला शर्माले गरेकी थिइन ।