सुभाष न्यौपाने
जनतासँग जोडिएका हुन्छन् हरेक परिवर्तन ।
अर्थ होस् राजनीति होस् शिक्षा लगायतका कुरा ।।
त्यसमा पनि राजनीति जोडिएको हुन्छ सबैसँग ।
कम्पोजिसन नमिले यसको हुन्छ रे सबै भंग ।।
राजनीति हरेक विषयसँग मिल्ने कम्पोजिसन भएको विषय हो । त्यसमा पनि राजनीति हरेक नागरिकको गाँस, बास र कपाससँग जोडिएको हुन्छ । राजनीति आफैमा गहन सम्बन्ध राख्दछ । त्यसैले हरेक नेपाली जनता आफ्नो मुलुको राजनीतिसँग प्रत्यक्ष सरोकार र सम्बन्ध राख्दछन् । हरेक मुलुकको राजनीतिमा आउने उतारचढावसँग त्यस देशका हरेक नागरिकले प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्दछन् । कुनै पनि मुलुकको लागि एउटा यस्तो रस हो राजनीति जहाँ यसले सञ्जविनी प्रदान गरेको छ भने कही राजनीतिले नागरिक र राष्ट्रप्रति विष पनि बमन गरेको छ ।
नेपालमा लोकतन्त्र पनि जति नागरिकको जनजिविकासँग जोडिएको भनेर व्याख्या गरे पनि नेपाली जनमासमा भने विष बमन गरिरहेको छ । विकास निर्माण कै सन्दर्भमा जतिसुकै ठुला कुरा गरे पनि बुटवल नारायण सडक खण्डको सडक विस्तार कार्यक्रम तथा दाङको घोराही, तुलसीपुर सडकको चारलेन सडक विस्तार आयोजनाले कति वर्ष जनतालाई दुःख दियो कति जनताको ज्यान लियो, यस बारेमा सरकार गफ मै सीमित हेको छ । जनताले अब खोक्रो आस्वासनको उपेक्षा गरेका छैनन् ।
त्यसैले अब तालिम निमित्त भाषण गर्ने काम नगर । दाङमा कार्यक्रम लिएर आउने जति शीर्ष नेताहरु देखिए तिनिहरु सबैले चारलेन सडक, टरिगाउँ विमानस्थलको स्तरउन्नति तथा स्वर्गद्वारी गुठीको मोही सम्बन्धी समस्या समाधानका लागि पहल गरिने भनेर कुर्ले, भाषण सुनाए तालिम आए तर यिनलाई थाहखा छकि छैन ? स्वर्गद्वारी गुठीनिजी गुठी हो । यसलाई वर्तमान संविधानले चलाउन मिल्ने कुनै पनि स्थान दिएको छैन । नेपालको संविधान २०७२ को बिना संशोधन स्वर्गद्वारी गुठी र त्यसमा देखिएको समस्याको बारेमा अनौपचारिकभन्दा बढ्दा छलफल केही पनि हुन सक्दैन । त्यो भनेको गाला बजाउनु मात्र हो ।
आशा गरौँ नहोला तर घोराही तुलसीपुर खण्डमा विस्तारित चारलेन सडकको ठेक्का योजना फेरि पनि रद्द हुनसक्छ । किनभने नेपालका राजनीतिज्ञ भन्नेहरु यी जुनसुकै तहका होउन् यिनको प्रवृत्ति नै त्यस्तै छ । उनीहरुलाई कसैले तपाई भनोस् सक नभनोस् आफैबाट म पाई । त्यसैले कुरा ठुला गर्ने, तिनै कुराले जनतालाई ढाट्ने । चारलेन सडक निर्माणको सम्बन्धमा सूचना तथा टेण्डर निस्कासन गरिएको भए तापनि निर्माण सुरु गर्ने कुरा कसरी जाने हो त्यो हेर्न बाँकी नै छ । अर्को टरिगाउँ विमानस्थल स्तरउन्नतिका नाममा असि सिटको वाइड बडि जहाज अवतरण गराउन सकेत असाध्यै राम्रो तर स्तरउन्नतिको कार्यक्रम कुरै कुरा सम्पन्न हुनेत हैन ?
जसले गर्दा टिवन बटर विमान समेत चल्न नसक्ने हुने त हैन ? अन्तर राष्ट्रिय उडान भर्न सुरु गरिसकेको गौतम बुद्ध अन्तर राष्ट्रिय विमानस्थल भैरहवा तथा विदेशी पर्यटकहरुलाई कैलाश भान सरोवरको दर्शन गराउने उडान भर्न सुरु गरिसकेको सम्झ विमानस्थल नेपालगञ्जको बिचमा चेपुवामा परेको छ हाम्रो दाङको टरिगाउँ विमानस्थल प्रदेशको राजधानी दाङ भनेर मात्र के गर्नु ? उत्पादनका हरेक विषयका दाङभन्दा बढता महत्व राख्छन् नेपागञ्ज र भैरहवाले । मुलुकमा जनताको शासन सुरु भएको पनि साढे तिन दशक नाघिसक्यो तर विकास र उन्नतीमा के नै तात्विक फरक पाइयो र ?
विकास भन्ने त चेतना र स्रोतको आधारमा एवम् क्रमले अगाडि बढ्ने विषय हुन् । स्वतन्त्रताको पनि आफ्नो छुट्टै परिचय र पहिचान हुन्छ । ०५२ सालबाट सुरु भएको सशस्त्र विद्रोह यसपालिको फागुन आउदासम्म जनयुद्ध भन्ने शब्द तोइसक्यो । त्यो त केवल विद्रोह मात्र सावित भएको छ । जनयुद्ध भनेर जति नै हुंकार र फुकांर गरेपनि आखिर सशस्त्र द्वन्द्व मै सीमित रह्यो । मुलुकभित्र सञ्चालन हुने सबै गतिविधिहरु नागरिक र नागरिक अधिकारसँग जोडिएका वा सम्बन्धित रहेका हुन्छन् । कुनै पनि गतिविधि नागरिकभन्दा अलग रहेर होस् वा नागरिक अवज्ञा गरेर होस् त्यो सफल हुन सक्दैन सार्थकता पाउन सक्दैन ।
त्यसैले मुलुकभित्र हुने सबै गतिविधिहरु नागरिक सम्बद्ध हुनुपर्छ, नागरिक परस्त हुनुपर्छ तर हाम्रो देशमा लोकतन्त्र स्थापना पश्चाको राजनीतिको अवस्था नागरिक प्रसस्त नभई भ्रष्टाचार र बदनियत प्रस्त भएको देखियो । जसले गर्दा नेपालमा लोकतन्त्र अभिसप्त बन्दै गइरहेको छ । जसले फाईँ फुई गर्छ त्यही दलको राजनीति भ्रष्ट र अनियमित बन्दै गएको देखियो । जतिले आफूलाई जानकार भनेर घोषणा गर्छन् उनीहरु त्यति नै अबुझ र स्वाठ छन् । कुनै पनि मुलुकको राजनीति त्यस देशका जनताको गाँस, बास र कपाससँग जोडिएको हुन्छ । त्यही भएर नै नेपाली जनताले पनि वर्तमान राजनीतिको परिवर्तित अवस्थालाई साथ दिएर परिवर्तन गराए पनि तर परिवर्तन खासै उपलब्धीमूलक भने रहेको पाइएन ।
त्यसैले जनता परिवर्तनप्रति खासै आशामुखी देखिएनन् कि जस्तो पनि लाग्यो । परिवर्तन कै सन्दर्भमा चौहत्तरौँ प्रजातन्त्र दिवसको सन्दर्भ पारेर पूर्व राजा ज्ञानेन्द्र शाहबाट नेपाली नागरिकका नाममा गरेको सम्बोधनले सबै नेपाली जनताको मन छोएको छ जनतालाई भावुक पनि बनायो भने राजनीति पुरानै भए पनि फेरि नयाँ तरंगले तरंगित भएको छ । समयले हरेक शब्द शब्दको अर्थ खोज्दैन शब्दको भाव बुझ्न चाहन्छ ।
दलीय राजनीतिलाई विश्वास गरेर नेपाली जनताले सबैखाले क्रान्ति र संघर्षमा साथ दिए क्रान्ति सफल बनाएर नेतृत्व पनि जनताले जनतालाई नै सुम्पिए तर त्यस नेतृत्वले मुलुकका केही अभिजात वर्गहरु बाहेक अरु कसैलाई पनि न त लक्षित गर्नसक्यो, न त सम्बोधन गर्न नै । त्यसैले नेपाली जनता वर्तमान राजनैतिक परिलक्ष्यबाट अलि केहीपर बस्ने त हैनन् जस्त खालका घटना स्वरुप हुनसक्छ नो भोटको माग पनि । मानिस न हो पर्खनु र धैर्य गर्नुको पनि सीमा हुन्छ । के प्राप्तीको आशामा कुन विषयलाई कतिसम्म पर्खर्ने ? जुनकुरा प्राप्तीको सम्भावना दिनप्रतिदिन क्षीण हुँदै गइराखेका देखिन्छ, जसको कारण नेपाली जनता वर्तमान परिवर्तनलाई जनताले आफ्नो साँझ बिहानको रोजि रोटीको गाँससँग तुलना गर्नसक्ने अवस्था रहेन, त्यसैले पनि लोकतन्त्रको परिभाषामा जति नै पुष्पगुच्छा गाँसुन तर सुगन्ध रहित लोकतन्त्र भन्ने सावित भइसक्यो ।
जनअपेक्षा जनचाहना र जनमास बिनाको पनि कही लोकतन्त्र हुनसक्छ ? त्यस्तै भइरहेको छ यहाँ लोकबिना लोकतन्त्र हुनसक्छ ? लोकले लोकतन्त्र कै उत्कृष्ट स्वरुप नोभोटको माग गरिसक्यो, अब भन्नुस् लोकतन्त्रले खोजेको उच्चतम परिभाषा के हो ? जनतालाई ठगेर, ढाटेर आफू सुख सुविधामा रमाउनु मात्र लोकतन्त्र हो ? लोकतन्त्रको मर्म हो ? नेपाली राजनीतिले जनतालाई त्यस्तै सन्देश दिइरहेको छ । त्यसैले राजनीतिज्ञहरु राजनीतिलाई जनताको गाँससँग जोड, जनताको बाससँग जोड जनताको कपाससँग जोड तर तिनी आफ्नो सुख सुविधाको आधार बनाउर गयौ राजनीतिलाई । के हो उत्सर्ग के हो बलिदानी के हो क्रान्ति ? तर तिमीहरुले सबै कुरालाई आफ्नो वक्यौता बनाउन खोज्यौ जसको कारण नेपाली राजनीति जनताको ।
क्रान्ति बन्न सकेको छैन । तिमीहरुलाई कसरी सम्बोधन गर्ने, तिमीहरु जनताका लागि विष पो रहेछौ । तिमी विषयलाई पिएर जनता कति दिन कालकुट बन्ने ? त्यसैले नेपालको राजनीति जनताको गाँससँग जोडिनसकेो देखिएन । जबसम्म मुलुकको राजनीतिले जनताको जिविकासँग जोडिएको देखाउँदैन । तबसम्म जनताको राजनीतिमा संलग्नताको अर्थ पनि निरर्थक छ, जन चाहनाको सम्बोधनको पनि अर्थ छैन । नेपालमा राजनीति र परिवर्तनले जनजिविका हुन सकेन, त्यसैले नेपाली राजनीति नेपाली जनताको गाँससँग जोडिएको भए तापनि गाँस बन्न सकेन ।
हरेक देशको राजनीतिले जनताको धारणा बोकेको हुन्छ, जनताको आसय बोकेको हुन्छ तर विशास परिवर्तन शान्तिपूर्ण तरिकाले कायापलट युुक्त राज्य व्यवस्थाको सुत्रपात्र गर्दा पनि नेपाली राजनीति नेपाली जनताको उपयोगी राजनीति बन्न सकेन त्यसैले नेपाली राजनीति नेपाली जनताको गाँस्सँग जोडिन नसकेको अनुभूत भएको छ । नेपाली जनताको सहभागितामा भएको आन्दोलन परिवर्तन र इतिहासले किन जनजिविकालाईछुन सकेन ? यो विडम्बनाको विषय हो । तैपनि हरेक मुलुकको परिवर्तन आन्दोलनले गरेको छ, नेपालको पनि आन्दोलन परिवर्तन कै लागि भएको हो त्यो जग जाहेर पनि छ तर विडम्बना परिर्वतन पछाडिका हाम्रा शासकहरु किन जनता बन्न सकेनन् सम्भ्रान्त मात्र बन्न पुगे । त्यही नै अचम्मको विषय बन्न पुगेको छ ।
यो मुलुकमा भएको राजनैतिक परिवर्तन पश्चात जति–जति जनता जुरमुराउँदै गए उति–उति राजनीतिमा विकास र सुशासनको नाममा राष्ट्रसेवक हाबी हुँदै गए त्यो नै विडम्बना पूर्ण हुँदै गयो । परिवर्तन पश्चात सुशासन र समृद्धिमा सहभागी हुने निकाय जसरी इमान्दार बन्नु पर्दथ्यो । त्यो बन्न नसक्नुको कारणले पनि यो मुलुकले समृद्धि हासिल गर्न सकेन जसको कारण मुलुकमा विडम्बनापूर्ण गतिविधि सञ्चालन हुन गयो । नागरिक अधिकार अस्तव्यस्त हुनपुग्यो, नागरिकको सम्मानमा आच आउन थाल्यो, जसको कारण मुलुकका सबै अवयवहरु खलबलिन पुगे भने मुलुकभित्र विडम्बनापूर्ण आर्थिक होडबाजी सुरु भयो । यी सबै आधारहरुकै कारण मुलुकबासीको गाँससँग जोडिएको राजनीति खलबलाउँदै अस्थिर बन्न पुग्यो ।