युवराज शर्मा
नेपालको विकास नेताहरुको इच्छाशक्तिमा भर परेको छ । यहाँ सङ्घीय बहुदलीय व्यवस्थाको गणतन्त्र शासन प्रणाली छन् । जहाँ तीन तहका सरकार छन् । ती सरकारमा भएका जनप्रतिनिधिलाई हेर्दा कर्मचारीहरु जस्ता छन् । उनीहरुको मासिक तलब खान्छन् । कुर्सीमा बसेर प्रशासन चलाउँछन् । जनताले दिएको मतबाट निर्वाचन पद्धति अपनाएका व्यक्ति हुन् । जसको सिधै सम्पर्क जनतासँग हुनु पर्ने थियो तर सम्पर्कमा आउन सक्दैनन् ।
जनताको आवाज सुन्नेमा तल्लो एकँई वडा कार्यालय हो भने स्थानीयका लागि सम्पर्क कार्यालय पनि हो । विकासको आधार पनि स्थानीय सरकार नै हो । यहाँका स्थानीय सरकार जनताको सरकार भने पनि जन आवाज अधिकांश जनप्रतिनिधिले सुन्न चाहन्नन् । यसले मानव समाजमा जो शक्तिशाली छ उनै जनप्रतिनिधि बनेको हुन्छ । बाटोघाटो, खानेपानीको धारा, विद्युतीकरण, कुलो, पोखरी, बाध बन्धनको समस्या स्थानीय तहमा भाग गर्छन् । ती विषयहरुमा अधिकांश जनप्रतिनिधमा ध्यान जान्न । यो दृश्य नेपालका धेरै वडामा भएका गाउँले जनताले भोगिरहेका छन् । यो समस्या राणाकालदेखि भोग्दै आएका छन् । गणतन्त्रमा पनि भोगिरहेका छन् । जनता भन्छन्– मन्त्रीहरु जिल्लामा आउँछन् । उनीहरुले भाषण गर्छन्– पैसाको अभावले काम रोकिन्न तर गाउँहरुमा बस्ने मानिसले दुःख आपसमा व्यक्त गर्छन् । भन्छन्– मन्त्रीको बोली नै सरकार हो ।
गाउँको विकास नभएसम्म देशको विकास भयो भन्न सकिन्न । गाउँलेहरुको जीवनस्तरमा आर्थिक र समाजिक रुप कमजोर छ । उनीहरुका छोराछोरीहरु सामुदायिक स्कुलमा पढ्छन् । उनीहरुको पढाइ कमजोर छ । पढाइ कमजोर भएपछि डाक्टर, इन्जिनियर, पाइलट, विज्ञान जस्ता विषय उच्च शिक्षामा कसरी पढ्न सक्छन् ? त्यस्तै स्वास्थ्य पनि कमजोर हुन्छ । उनीहरुका लागि खाना, बास र लुगाफाटोको समस्या छ । यस्ता समस्याहरुको समाधान गर्न रोजगारको वातावरण भएमा आर्थिक जोहो गर्न सक्ने थिए । बाबुआमाको भर परेर के गर्ने ? रित्तो पेट, नांगो शरीर लिएर पढ्न स्कुलमा जान्छन् ।
घरको आर्थिक कमजोर भएको पनि बुझेकै छन् । आफूले गाउँघरमा कुखुरा र बाख्रोको पाठो पालेर राख्छन् । त्यसलाई बेचेर स्कुलको फिस तिर्छन् । स्कुलको वार्षिक कार्यक्रममा जनप्रतिनिधले चर्का भाषणहरु सुनाउँछन् र भन्छन्– सामुदायिक स्कुलले शुल्क लिन पाइन्न । सरकारले स्रोत जुटाइदिन्छ तर वडाको बजेटमा कुनै किसिमको शुल्क दिइन्न । उठाउन पनि हुँदैन । न त स्कुलले आर्थिक सहयोग पाउँछन् न त विद्यार्थीमध्ये गरिब र जेहेनदार विद्यार्थीले सहयोग नै पाउँछन् । यस्तो वातावरण धेरै स्कुलमा पाइन्छ ।
मन्त्रीका भाषणले आर्थिक अभावमा काम रोकिन्न भने पनि सङ्घीय, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधिको भनाई र गराईमा धेरै अन्तर पाइन्छ । भन्छन्– गाउँले नागरिकले । गाउँमा बस्ने नागरिक सिधासादा जीवनशैलीका हुन्छन् । गाउँका चलका, छद्र, छलकपटी, चाकडीबाजले गाउँ छोडे । उनीहरुको बसाई सहर बजारमा छ । उनका छोराछोरीहरु विदेशमा होटेलमा भाडा मिस्छन् र भन्छन्– बाबु । उनको भनाई छ– धन भएमा पढाइ पनि किन्न पाइन्छ । धनको महत्व ठुलो हुन्छ । धनि मान्छेलाई सबैले मान्छन् ।
सहरमा यस्तै धेरै बाबुहरुको भनाई सुन्छौ । कवि लेखनाथ पौडेलको धन महिमा कविताले पनि धनको महत्व दर्शाएको छ । अहिले पनि धनपैसा भएकाको महत्व सहरबजारमा बस्नेको छ नकि गाउँ बस्नेको हुन्छ । अहिले सरकारी कार्यालयमा गाउँले गएको छ भने हाकिमले बोल्न र उसको कुरा सुन्न चाहन्नन् तर सहरबजार बस्नेहरुका भनाईलाई सुन्छन् । उनले तल्ला तहका कर्मचारीलाई भन्छन्– यो व्यक्ति सत्ता दलको मान्छे हो । उसको काम चाडै गरिदिनोस् । यो कस्तो गणतन्त्रात्मक पद्धितिको सरकार हो ? जनताले बुझ्न सकेका छैनन् । त्यसैले होला, गाउँले लेखनदास र वकिललाई प्रयोग गर्छन् । उनीहरु मार्फत् काम पटाएर गाउँ जान्छन् र भन्छन्– पैसा खर्च गरेर काम गराइयो । गाउँलेको पीडाको आवाज हो, यो । आपसमा गन्थन गर्छन्– धनपैसाले मात चढ्छ । गाउँमा बस्न चाहन्नन् । सहरबजार धाउँछन् र छोराछोरीको धन महिमा गाउँछन् र भन्छन्– छोरो अमेरिका छोरी गइन् क्यानडा । धनपैसाको घरमा कमी कमजोरी भएन ।
गाउँघरमा बस गुड्छ । बाटो कच्ची छ तर वर्षातमा भत्के बिग्रेको छ । तैपनि साहसी ड्राइभरले बसको हर्न बजाउँदै कमजोर सडकमा गुडाएकै छ । गरिब विद्यार्थीले गाडी रोकेर चढ्ने इच्छा गर्छन् तर ड्राइभरले गाडी रोक्दैन र भन्छ –पैसा नतिर्ने केटा हुन् । गाडी रोक्नु हुन्न । यिनीहरु हिड्छन् । गाडी चढायौँ भने पनि पनि रोक्छन् । ड्राइभर पनि गरिबको छोरो हो तर गरिबले पनि गरिब विद्यार्थीलाई हेप्छन् । यसरी हेपाहामा पर्छन् गरिब विद्यार्थी । उनीहरुले भन्छन्– यो बाटो खन्नेहरु पनि गरिब परिवारका मान्छेहरु थिए । अहिले गाडी चल्ने भयो । गरिब विद्यार्थीलाई ड्राइभरले हेपेर भनेका शब्द स्वरहरु मार्मिक थिए । वास्तवमा गरिबका छोराछोरीले पढ्ने स्कुल सामुदायिक भएको छ । धनपैसा भएका मान्छेहरुले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा पठाउँछन् । लवाई, हेर्दा थाहा हुन्छ कि यो भनिको छोराछोरी हो ।
नेपालको विकास पनि धनपैसा भएका व्यक्तिले गर्दैनन् । विकासको काम गर्नेहरु गरिबका छोराछोरीहरु छन् । धनि परिवारका छोराछोरीले घरको काम गर्न छोडिसके भने देशको विकास उनका बाबुआमा र अभिभावका काम गर्ने इच्छाशक्ति पाइन्न । जापान जस्ता विकसित देशहरु धनि र गरिब परिवारको इच्छाशक्तिले विकसित भएका हुन् तर नेपालमा हुनेखाने वर्गले नेतृत्व गर्छन् र धन कमाउँछन् । नेपालको शासन पद्धतिले गरिबको सुनुवाई गर्दैन । नेतृत्व वर्गले भाषण गर्छन् र भन्छन्– पैसाको अभावले काम रोकिन्न तर गरिब वर्ग हिड्ने सडक पक्कि हुँदैन । देश विकासका लागि पक्कि सडकको महत्व हुन्छ तर नेपालमा बनेका सडक बनेपछि बिग्रने समस्या छ । सडककै कारण सडक दुर्घटना बढिरहेका छन् । भनिका छोराछोरी बसमा र गरिबका छोराछोरी पैदल स्कुल जान्छन् ।