रोल्पामा बम बिस्फोट : बाख्रा चराएर फर्कदै गरेका ४ बालबालिकाको मृत्यु

सन्तोष शर्मा
होलेरी(रोल्पा) बैशाख १८ । रोल्पामा बम बिस्पोर्ट हुदा ४ बालबालिकाको घटना स्थलमै मृत्यु भएको छ ।

आज साझ करिब ६ बजे त्रिबेणि ७ दुम्लाखोला नजिकैको गहुँ बारिमा बम बिस्फोटमा परेर मृत्यु हुनेमा बाख्रा चरायर घरफर्कदै गरेका त्रिबेणि ४ घर भै मामा घर आएका बर्ष ११ का गौरब नेपाली, त्रिबेणि ७ का बर्ष १४ का लोकिराम डाङी, बर्ष ११ का बिमला खत्री र बर्ष ५ का बिजय खत्री रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपि चित्र बहादुर गुरुङले जानकारी दिएका छन् ।

अहिले घटनास्थलमा इप्रका होलेरिका प्रमुख मेगनाथ चापागाईंको टोलि सहित नजिकैका नुवागाउँ र जुगाँरको प्रहरी पनि पुगिसकेको र बम कहिले र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी गराएको छ ।