calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

तुलसीपुर उपमहानगर सेवा प्रवाहमा उत्कृष्ट

गोरक्ष समाचारदाता
तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरपालिका सेवा प्रवाहमा उत्कृष्ट पालिकाको रूपमा सम्मानित भएको छ । नगर विकास कोषले सेवा प्रवाहमा उत्कृष्ट पालिका भएको भन्दै सम्मान गरेको हो । शुक्रवार भएको कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिका प्रमुख टीकाराम खड्कालाई सम्मान प्रदान गरेका हुन्् ।

पाटन सङ्ग्रहालयमा भएको नगर विकास कोषको ३७ औँ वार्षिक समारोहका अवसरमा सम्मान प्रदान गरिएको हो । सेवा प्रवाह, वित्तीय सुशासन, ऋण असुली, साझेदारी, सहकार्यमा प्रभावकारी, नगर विकास कोष अन्तर्गत कार्यक्रममा सफल भएको लगायतका सूचकका आधारमा उपमहानगरपालिका उत्कृष्ट भएको प्रमुख खड्काले बताए ।

पछिल्लो समय उपमहानगरपालिकाले फजुल खर्चलाई घटाएको छ भने कर सङ्कलन कार्यलाई चुस्त बनाएको छ । त्यस अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, इन्जिनियर पवन योगीलगायतको सहभागिता रहेको थियो ।