calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

लागु औषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि महाशिवरात्री महोत्सव हुने

गोरक्ष समाचारदाता
दाङ,३ माघ । मवरात्रीका अवसरमा घोराहीमा लागुऔषध दुव्र्यसन मुक्त समाज निर्माणका लागि कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र शाखा कार्यालय घोराहीले ८९औं महाशिवरात्री महोत्सवको अवसरमा फागुन ३ देखि १४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको हो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र शाखा कार्यालय घोराहीले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर महाशिवरात्रीका अवसरमा गर्न थालेका कार्यक्रमका बारेमा जानकारी गराएका हो । ‘स्वच्छ र स्वस्थ समाज निर्माणका लागि आध्यात्मिक सशक्तिकरण’ भन्ने मुल नाराका वार्षिक कार्यक्रमअन्तर्गत लागूपदार्थ दुव्र्यसनमुक्त समाज निर्माणका लागि सचेतनामुलक कार्यक्रमहरु गर्न थालेको महाशिवरात्री महोत्सव एवं सचेतनामुलक तथा प्रशिक्षण कार्यक्रम समारोह समितिका सदस्य सचिव ब्रहाकुमार शिवलाल महताराले जानकारी दिएका छन् ।

बह्राकुमारीज राप्ती क्षेत्रका सचिव समेत रहेका महताराका अनुसार कार्यक्रमअन्तर्गत फागुन २ गते दिउँसो शिक्षकहरुका लागि सचेतनामुलक कार्यक्रम, फागुन ४ गते बृहत रक्तदान कार्यक्रम, फागुन ६ गते सरसफाई कार्यक्रम र पुजारी एवं व्यवस्थापन समितिसँग स्नेह मिलन कार्यक्रम हुने भएको छ । त्यस्तै फागुन ७ गते घोराहीमा विहान मोटरसाइकल ¥याली, फागुन ८ गते लमहीमा मोटरसाइकल ¥याली, फागुन ९ गते राजपुर माविमा सचेतना मुलक विद्यार्थीसंग कार्यक्रम हुने भएको छ ।

त्यसैगरी फागुनको १० गते लमही र गढवामा स्टेज कार्यक्रमसगै तुलसीपुरमा मोटरसाइकल ¥याली, फागुनको ११ गते बंगलाचुली, फागुन १२ गते तुलसीपुर र १३ गते घोराहीमा स्टेज कार्यक्रम, फागुनको १४ गते महाशिवरात्रीका अवसरमा पाण्डवेश्वर धाम धारपानीमा पम्प्लेटहरु वितरण लागु पदार्थविरुद्धको चित्र प्रर्दशनी र सवै शाखाहरुद्वारा मन्दिरहरुमा पम्प्लेटहरु वितरण शिव भण्डारोहण कार्यक्रम गर्ने कार्यक्रम रहेको जानकारी गराइएको थियो ।

ब्रह्माकुमारीज राप्ती क्षेत्र प्रमुख राजयोगिनी गीता दिदीको संयोजकत्वमा गठित मूल समारोह समितिले फागुन ७ देखि ९ गतेसम्म पाखापानीमा प्रशिक्षण तथा सचेतनामूलक नाटक र प्रदर्शनी गर्ने कार्यक्रम रहेको जनाएको छ । महोत्सवको मुख्य कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता ब्रह्माकुमार विजयराज सिग्देल र ब्रह्माकुमार हरि सिटौलाले प्रशिक्षण दिने छन् । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

‘महाशिवरात्री केवल धार्मिक पर्व मात्र नभएर आत्मशुद्धि र दुव्यसनमुक्त समाज निर्माणको संकल्पको उत्सव होे’, राजयोगिनी ब्रह्माकुमारी गीता दिदीले भनिन्,‘रक्सी, सुर्ती, लागूपदार्थ जस्ता विकारजन्य वस्तुको सेवनले समाजमा अपराध बढ्दै गएकोले समयमै सचेत हुन जरुरी छ, हामीले शिवरात्रीका अवसरमा प्रसादका रुपमा खाइने लागुऔषलाई रोक्नका लागि लागेका छौ ।’

कार्यक्रमलाई सफल बनाउन तुलसीपुर, घोराही, लमही, नारायणपुर, पाखापानी, गढवा, श्रीगाउँ दंगीशरण र हेमन्तपुर शाखाका सञ्चालिकाहरुको नेतृत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । महाशिवरात्रीका अवसरमा घोराही उपमहानगरपालिका–१५ स्थीत ब्रह्माकुमारीज मधुवन आध्यामिक पुर्नजागरण केन्द्रमा सचेतनामुलक वृहत कार्यक्रम हुने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले सुस्कृत र सभ्य समाज निर्माणका लागि ब्रह्मकुमारीज इश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह खेल्दै आएको बताएका थिए । साथै समालाई लागुऔषध मुक्त बनाउँदै सभ्य समाज निर्माणको कार्यमा सञ्चार क्षेत्रको निरन्तर सहयोग रहने अध्यक्ष सुवेदीले बताएका थिए । कार्यक्रमको सहजीकरण ब्रहमकुमार माधव तिमिल्सेनाले गरेका थिए ।