calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

देउखुरी उद्योग बाणिज्य संघलाई कुम्भ मेला स्नानको निम्तो

टेकबहादुर पुन
दाङ,३ फागुन। देउखुरी उद्योग बाणिज्य संघ लमही परिवार भारतमा चलिरहेको कुम्भ मेला र स्नानमा सहभागी हुने भएको छ ।

नगर उद्योग व्यापार मण्डल उत्तर प्रदेश बलरामपुर भारतले उद्योग बाणिज्य संघ परिवारलाई मेला भर्न निम्तो दिएको हो । ब्यापार मण्डल भारतको समूह सनिबार लमहीमा आएर अनिवार्य उपस्थितीका लागि निम्तो दिएका हुन । व्यापार मण्डल बलरामपुर भारतका अध्यक्ष श्याम बिहारी अग्रहरीको समूह लमहीमा आएर निम्तो दिएका हुन ।

अग्रहरीले व्यापारी एक हुनुपर्ने जनाउदै यो साँगठनिक मित्रताले दुईदेश बिचको अन्तर सम्बन्ध सुमधुर हुने बताए ।
भेटघाटको अबसर पारी देउखुरी उद्योग बाणिज्य संघले भरखरै सम्पन्न महोत्सबमा अतुलनिय योगदान गरेको भन्दै व्यापार मण्डल भारतलाई कदर पत्रले सम्मान गरेको थियो । गौतमबुद्वको मुर्ती अँकित मायाको चिनो पनि प्रदान गरिएको थियो । महोत्सब उद्घाटन समारोहमा व्यापार मण्डलको समूह लमही आएर थप आकर्षक बढेको थियो ।

व्यापार मण्डलको निम्तोलाई सहर्ष स्विकार्दै देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंगसिंह ठकुरीले यो मित्रता सधै यथावत रहने र यो मित्रताले दुईदेश बिचको सम्बन्ध प्रगाढ बन्ने कुरामा बिश्वास ब्यक्त गरे । उनले कोईलाबास नाकामा देखा परेका समस्यालाई हल गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री समक्ष पहल गरिरहेको र भारतमा पनि व्यापार मण्डलले पहल थाल्नुपर्ने सुझाब दिएका छन ।

भेटमा व्यापार मण्डलका महामन्त्री रुपचन्द गुप्ता, कोषाध्यक्ष राधेश्याम चौरासिया, युवा अध्यक्ष प्रदिप गुप्ता, उपाध्यक्ष राम गोपाल कसौधन,पत्रकार जैसिङ, राप्ती उद्योग बाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का, नेपाल उद्योग व्यापार संघ देउखुरी अध्यक्ष गञ्ज बहादुर बिष्ट, देउखुरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि थापालगायतको उपस्थिती थियो ।