calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

विद्यार्थीद्वारा वृद्धआश्रममा खाद्यान्न सहयोग

गोरक्ष समाचारदाता
दाङ, २ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र नर्सिङमा अध्ययनरत विद्यार्थीले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् । शुक्रवार घोराही उपमहानगरपालिका–१६ तेरौटे स्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रमा बस्ने वृद्धवृद्धालाई सरस्वती पूजाको अवसरमा सङ्कलित रकमबाट खाद्यान्न सहयोग गरेका हुन् ।

एमबिबिएस कोअर्डिनेटर प्रोफेसर डा. निरज पाण्डेको उपस्थितिमा विद्यार्थीले आश्रमका कर्मचारी हिरा शाहलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । खाजा खर्च कटाएर बचेको रकम र सरस्वती पूजामा सङ्कलित रकम सहयोग गर्न पाउँदा खुसी लागेको विद्यार्थीको भनाइ छ ।

विद्यार्थीले सामाजिक उत्तरदायित्व वहन गरेर असहाय ज्येष्ठ नागरिकलाई सहयोग गर्नुले राम्रो सन्देश गएको प्राध्यापक डा. पाण्डेले जानकारी दिएका छन् ।