calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

तुलसीपुर महोत्सवको उद्घाटन उद्योग, वाणिज्य मन्त्री भण्डारीले गर्ने

दाङ, १ फागुन । आजबाट सुरु हुन लागेको दोस्रो तुलसीपुर महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भएका छन ।

दिउँसो १ बजे महोत्सवको विधिवतरूपमा उद्घाटन गरिने मेला मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिनु भयो । महोत्सव उद्घाटन अघि ११ बजेदेखि झाँकी जुलुसले बजार परिक्रम गर्नेछन । महोत्सव १६ गतेसम्म संचालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव संचालन हुदैछ ।

महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालन छ । स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गरिएको आयोजकले जनाएको छ । महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ ।

यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीयस्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने लोक नृत्य तथा झाँकी, बालउद्यान रहने छ । महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ । महोत्सवमा ५ सय बढि स्टलहरु राखिएको छ । महोत्सवको आयोजना तुलसीपुर चेम्बर अफ कमर्सले गरेको हो ।