calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

महोत्सवको तयारी अन्तिम चरणमा, ९० प्रतिशत स्टल बुकिङ

हिमाल महरा
दाङ,२९ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि सञ्चालन हुने ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ।

महोत्सव सञ्चालन हुने मिति नजिकिँदै गर्दा घोराही उपमहानगरपालिका–१४, झिँगौरामा स्टल व्यवस्थापनसँगै जरपली, फिस टनेल, पिङ, बाल उद्यानलगायत संरचनाहरू निर्माण कार्य तीव्र रूपमा भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनएका छन् ।

स्टल व्यवस्थापन समितिका संयोजक विकास वलीका अनुसार हालसम्म करिब ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ। उनले उद्योग, कृषि तथा पर्यटनसम्बन्धी ४० वटा स्टल बुकिङ भएको समेत जानकारी दिएका छन् । कृषि ज्ञान केन्द्रको समन्वयमा राखिएका कृषि सम्बन्धी स्टलहरू निःशुल्क उपलब्ध गराएको छ भने स्थानीय उत्पादनहरूलाई बजार प्रवर्द्धन गर्ने उद्देश्यले ‘दाङ कोसेली घर’ को व्यवस्था गरिएको संयोजक वलीले बताए ।