‘किताब किन पढ्ने’ अभियानको दोस्रो श्रृङ्खला सम्पन्न

सूर्य बिसी
दाङ, ३० माघ । पठन सस्कृति निर्माणका लागि अध्ययन मञ्च दाङले सुरु गरेको किताब किन पढ्ने अभियानको दोस्रो श्रृङ्खला मंगलबार घोराहीमा सम्पन्न भएको छ ।
मञ्चका संयोजक सूर्य बिसीले बालबालिकाहरुलाई पुस्तक पढ्नु पर्ने कारण र यसबाट हुने लाभबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । ‘बालपाठक निर्माणमा जोड दिनु आजको अनिवार्य आवश्यकता हो’ बिसीको भनाइ थियो ।
सभाध्यक्षको भूमिकामा रहनुभएका वरिष्ठ पत्रकार एवं सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमले अध्ययन मञ्च दाङले निकै महत्वपूर्ण अभियान सुरु गरेको बताउँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
अध्ययन मञ्च दाङले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा आयोजना गरेको कार्यक्रममा साहित्यकार सुरेशकुमार पाण्डे, प्रमोद धिताल, नविन श्रेष्ठ, जनार्दन आचार्य, ज्ञानज्योति एजुकेसनल एकेडेमीका शिक्षक तथा विद्यार्थी गरी झण्डै पचहत्तर जना सहभागी थिए । मञ्चका सदस्य थम्मन बस्नेतले मञ्च गठनबारे प्रकाश पार्नुका साथै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।