जीवन अमृतले भरिएको सागर हो

जीवनलाई दया, क्षमा र करुणाले शुसोभित प्रकाशले भरिपूर्ण अमृतको सागर मानिन्छ । तसर्थ यस्लाई दृष्टि भ्रमबाट बचाई यसको अन्तरसत्यभित्रको उज्यालोपनलाई बुझि बाह्य जगतको यथार्थसँग समायोजन गर्दै सत्य र अविचलित किसिमले अघि बढाउन सक्नुपर्दछ ।
प्रेम र शान्तिको उदगम मुहान भएर रहेको जीवनको बनोट र बनोटको सत्यभित्र रहेको मूल्यलाई पहिचान गरी यसभित्र लुकेको अम ृत तत्व ग्रहण गर्न सक्नुपर्दछ । करुणा, भरोसा र विश्वासले भरिएकोजीवनको यथार्थमा आफूलाई परिभाषित गर्न सक्नु पर्दछ । यो नै जीवनको उद्देश्य हो । तसर्थ यसको लागि जीवनलाई दास मनोवृृतिबाट अलग राखी अन्तर मनको सत्य र विश्वासको आधारमा तयार भएको विचारको संगालोलाई सेवा र समर्पणमा आधारित कर्म मा परिणत गर्न चुक्नु हुँँदैन । जीवनलाई उद्देश्य विहीन गन्तब्य र भौतिक सामग्रीले लिपपोत भएको आडम्वरतर्फ लैजानु हु ँदैन । यसको लागि क्षमता र धैर्यता राखी ज्ञान अम ृत पिएर जीवनको उद्देश्यलाई सकारात्मक सोचतर्फ लैजानु पर्दछ ।
भौतिक सामग ्रीले लिपपोत गरी चम्काउनु भनेको फलामलाई सुनले लेपन गरे जस्तै हो । जीवन फलाम होइन, यो त सुनभन्दा पनि मूल्यवान हिराभन्दा पनि चम्किने गुण र सत्यभित्र परिचालन हुने आचरणको सागर हो । तसर्थ यो सत्यलाई बुझि जीवनको हरेक उद्देश्यलाई सेवाभावले समर्पण हुने गुणले ओतप ्रोत गरी सोच र चिन्तनमा सकारात्मक भाव बढाई आफूलाई सुयोग्य बनाउनु पर्दछ । मयको परिवर्तनसँगै मानव चेतनामा हरपल नयाँ विचार र चाहनाहरु जागृत भइरहेका हुन्छन ।
दिनचौगना रात दुई गुनाको हिसाबले मानिसहरु आफूलाई आफ्नो इच्छापूर्ति गर्नतर्फ भागदौड गराइरहेको अवस्था पनि छ । वर्तमान समयलाई हेर्ने हो भने अहिले भौतिक सुख खोज्ने मानसिकता सबैमा जागत भएको देखिन्छ । व्यक्तिको चाहना र इच्छा स्वार्थमा अल्मलिएको छ । सुख र शान्तिको चाहना पूरा गर्ने ध्याउन्नमा एकअर्का प्रति कुनै वास्ता र प्र्रयोजन नराखी भागदौड भइरहेको छ । सुख प ्राप्त नै जीवनको उद्देश्य हो भनेर गन्तव्यहीन यात्रामा भागदौड भइरहेको छ ।
मानिस कसको लागि जन्मिएको हो, जन्मनुको सार्थकता के हो, त्यसतर्फ खासै चिन्तन बढिरहेको छैन । उनीहरुको सोच र सङ ्कल्पमा पनि कुनै नयाँ विचारहरु प ्रस्फुटन भइरहेको देखिँदैन । केवल निहित स्वार्थ परिपूर्ति गर्न र आनन्द नै जीवनको उद्देश्य हो भन्ने गरी त्यसैमा रुमलिएको देखिन्छ । सुख दुःख के हो त्यसको यथार्थ गहिराईमा नपुगी क्षणिक आनन्दभित्र मानिसको ध्यान केन्दि ्रत भइरहेको छ । कहा ँ गए सुख र शान्ति मिल्छ भन्दै विभिन्न मठ मन्दिर, मस्जिद, गिरिजाघर त्यसतर्फ मानिसको भागदौड बढिरहेको छ । त्यहाँ गए शान्ति हुन्छ कि, उता गए शान्ति हुन्छ कि, भन्दै सनातन सत्यलाई बिर्सिएर बिरुवाले पात फेरे झै ँ प्रत्येक वर्ष मानिसहरुको विचार यताउता दौडिरहेको र भडि ्करहेको पनि छ ।
मानव मानव बिचको न्यानो सम्बन्धलाई विविधताभित्र परिभाषित गरी अनावश्यक कुरा को उठान गरी अविश्वासको वातावरण पनि तयार गरिएको अवस्था छ । जीवनको यथार्थ सत्यको पहिचान बिना नै देखासिकी र क्षैनिक आनन्दमा मानिसले आफ ्नो चैतन्य स्वरुप जीवनको गुणलाई सीमित घेराभित्र सङ ्कुचन गरिरहेको अवस्था देखिन थालेको छ । क्षणिक सुख र प ्रलोभनको विश्वासको लालचमा आफू भित्रको गुण र मूल्यलाई बिर्सी तथा विश्वासको बलियो धरातललाई तोड ्दै एकले अर्कालाई हिलो छ ्याप्ने कार्य पनि गर्दै गरेको अवस्था छ ।
आफ ्नो र बिरानो नबुझी झुटो र मिथ्याअपवाद लगाई अरुलाई कलङ ्कित गराउने दृष्टता पनि गरिरहेको अवस्था देखिन्छ । आपसी प्रेम र सद ्भाव बाँड्दै जीवनका हरेक पललाई विश्वास र इमान्दारिताको कसौटीमा खरो उतार्नु पर्नेमा मानवीय चेतनामा पर्दा हाल्ने गरी क्षणिक इच्छापूर्तितर्फ मानिस स्वयम ् भागदौड गरिरहेको अवस्था छ । आफूलाई म सक्षम छु । जानेको छु, म सबै हुँ, भन्ने गरी प ्रदर्शन गर्न पनि पछि नपरेको अवस्था देखिन्छ । साँचोलाई झुट र झुटलाई साँचो बनाउँदै आफै दूषित बनिरहेको स्थिति छ ।
समयको परिवर्तनसँगै बढ्न थालेको इच्छा र आकान्छाको कारण यस्तो भएको हो कि भन्ने अवस्था पनि देखिँदैछ । कहीँ कतै त आफनो स्वार्थको लागि गलत संस्कृति पनि भित्र्याउने चेष्टा गरेको पाइन्छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतर्फ इन्द्रीय भोगबाट प्राप्त आनन्दलाई क्षणिक आनन्दमा रोमलिने मानवीय स्वभाव पनि बढ्दै जान थालेको पनि देखिन्छ । सामाजिक मूल्य र मान्यता विपरित सामाजिक सद ्भाव र एकता खलबलिने गरी आफूलाई आफैले आफ ्नो जीवनको महत्त्व नबुझी गलत दिशातर्फ उन्मुख गराइरहेको पनि देखिन्छ ।
दुःख ,अहंकार र स्वाभिमान, लभलालचले उत्पन्न हुने तत्व हुन् भनेर जान्दा जान्दै पनि त्यतैपट्टि मानिसको आचरण र व्यवहार मुखरित भइरहेको पाइन्छ । झुटको साँचोले बन्द गरिएको कोठा नै जीवनले प्राप्त गर्ने आनन्दको स्थान हो भनी, अँध्यारोमा तीर हानिरहेको अवस्था पनि देखिन्छ । मानिसले निर्वाह गर्ने केही गलत आचरण र व्यवहारको फलस्वरुप तिरस्कृत भएर कष्टपूर्ण जीवनयापन गर्न बाध्य भइरहेको हिजोको तितो सत्य थाहा पाउँदा पाउँदै पनि,मानिस त्यही विचारतर्फ आकर्षित भइरहेको वर्तमानले देखाउँदै छ ।
प्रेम र आनन्द, प्रतिक्षामा र धैर्यतामा हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि मानिस धैर्य गर्न नसकिरहेको स्थिति छ । यसरी समयको परिवर्तनसँगै मानव सोच र चेतनामा केवल स्वार्थ सुखको चाहाना बढ्दै गएको अवस्था छ ।फल ् स्वरुप मानिस आफूभित्ररहेको गुण र अमृत तत्वलाई बिर्सी अनावश्यक आशक्तितर्फ आकर्षित भइरहेको छ ।
हो !जीवनको उद्देश्य सुख र आनन्द प्राप्त गर्नु पनि हो । यस्तो चाहाना बढनु स्वाभाविक पनि मानिन्छ तर सुखको नाममा आफैलाई दुःखको सागर मा धकेल्नु, जीवनको मूल्य र मान्यता नबुझ्नु, वास्तवमा विडम्बना मान्नु पर्दछ । अहिलेको समयलाई हेर्ने हो भने मानिसकोचाहाना केवल क्षणिकतर्फ दौडिरहेको पाइन्छ । जीवनकोमूल्यलाई कौडीको मूल्य गर्दै,आफै सीमित घेराभित्र परिँदै छ । तसर्थ जीवनको उद्देश्य, यसले दिनुपर्ने सेवा, करुणा, दया, क्षमा र निस्वार्थ भावलाई जीवनको अभिन्न चाहानाभित्र परिभाषित गरि सर्वे भवन्तु सुखिनको मान्यतामा प्रर्दशन गरौ समयले यही खोजिरहेको छ । अस्तु