calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मेरो खुशी : एसएलसीमा पास हुँदा …

उनको दैनिकी नै मानव सेवाबाट सुरु हुन्छ । उनलाई पश्चिम दाङमा पुग्दा होस् वा दुःख समस्या पर्दा नसम्झने सहायत कमै मानिस होलान् । बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी ३६ वर्षीय झुपलाल बुढा क्षेत्रीले आफू सधै खुसीका साथ कर्ममा रमाउने गरेको बताए । राजनीतिसँगै समाजसेवादेखि कला क्षेत्रमा समेत रुचि भएका क्षेत्रीलाई सबैले झुपु भनेर चिन्ने गरेका छन् । जीवनका उकाली ओरालीसँगै उनका धेरै खुसी छन् ।

उनको खुसी सोध्दै जाँदा उनले मुस्कुराउँदै पहिलो खुसी आफ्नो शिक्षालाई नै लिए । कक्षा १ देखि स्कुलको शिक्षा सामुदायिक विद्यालयबाट पूरा गरेका झुपलालले आफ्नो पहिलो खुसी २०६४ सालमा एसएलसी अर्थात् त्यतिबेलाको फलामे गेटको रूपमा रहेको परीक्षामा पास हुँदाको । ‘मेरा अन्य थुपरै खुसी छन् तर मेरो पहिलो खुसी एसएलसी पास हुँदाको दिन… लेखिदिनु होला’ झुपलालले भने । उनले अन्य कक्षाहरूमा फेल पास भए पनि एसएलसीमा १७० जना विद्यार्थी मध्यबाट ११ जना पास भएको र त्यसमा पनि आफू पास भएको दिन आफू निकै खुसी भएको सम्झिए ।

‘म कक्षा ७ मा पनि एक पटक फेल भएको थिए तर एसएलसीमा पास गरे मेरो लागि त्यो खुसी सम्झना लाएक छ’ उनले भने । त्यतिबेला सञ्चारका माध्यम धेरै नभएको र गोरखापत्रमा पास भएको युवराज सरले सुनाउँदा आफू निकै खुसी भएको सम्झिए । उनले एसएलसी पास भएको दिन बुबासँग १०० रुपैयाँ मागेर चक्लेट बाढेको सम्झिए । त्यस्तै झुपलालले अर्को खुसी समाज सेवा तथा गाउँघरमा दुःखमा परेकालाई सहयोग गरेर उनीहरूको जीवन बचाउनुका साथै परिवारलाई सहयोग गर्दा लाग्ने गरेको बताए ।

उनले विभिन्न रोग लागेर आर्थिक अभावका कारण पीडामा जीवन बिताएकालाई सहयोग सङ्कलन गरी उनीहरूको उपचार र परिवारको पुनःस्थापना गर्न पाउँदा लाग्ने गरेको बताए । चाहे विदेशमा ज्यान गुपाएका हुन वा मृगौला, क्यान्सर पीडितदेखि घरवारविहीन गरिब दुःखी र आर्थिक अभावले जीवन बिताएका कयौँलाई आफू तथा साथीभाइको साथ सहयोगले उनीहरूको जीवन बदल्ने काम गर्न पाउँदा आफू खुसी हुने गरेको बताए । ‘मैले पचासौलाई यस्ता सहयोग गरेको छु ठ्याकै यसको जीवन मैले गर्दा यसरी परिवर्तन भयो यसले जीवन बदलियो भन्ने एकिन म सँग छैन’झुपलालले भने । उनले रातविरात दिन भर पनि आफूले सहयोग गरेको बताउँछन् ।

‘दाइ घरमा नानि बिरामी छ अटो गाडी पाइयन यक्छिन मेडिकल लग्दिनु प¥यो हुन्छ भन्छु बाटोमा एकजना बुवा आउनु भएको हुन्छ बाबु मेरो छोराको केस के भाछ भन्नु हुन्छ कुरा भइराछ भनेर भन्छु त्यसैबेला अर्को फोन आउछ बाबु सामाजिक सुरक्षा भत्ता रिन्यु गर्ने कहिलेसम्म म्याद छ बुझ्दििनु भनेर हुन्छ भन्छु ! यसरी मेरो दैनिकी जान्छ’ उनले भने । झुपलालले सामाजिक अभियान्ता भोजराज थापा, टिकासानु लगायत धेरैसँग सहकार्य गरे विभिन्न रोग तथा अन्य कारणले पीडामा परेकालाई सहयोग जुटाएर उनीहरूको पीडामा थोरै भए पनि मलमपट्टि लगाउन पाउँदा निकै खुसी लाग्ने गरेको सुनाए ।

यस्तै समाज सेवासँगै राजनीतिमा समेत लागेका झुपलालले २०६३ सालमा जनता मावि हंसपुर नेपाल विद्यार्थी संघको विद्यालयमा अध्यक्ष हुँदा अर्को खुसी आफूलाई लागेको सुनाए । उनले आफ्नो बुवा पनि राजनीतिमा आस्था राख्ने र सँगसँगै व्यापार गर्ने गरेको भन्दै बुबाको प्रेरणाबाट आफू राजनीतिमा लागेको सुनाए । ‘मैले विद्यार्थी राजनीति पनि गरे, बुबासँगै सामान पनि बेच्दै हिडे मैले बुबालाई भनेको थिए, म हजुरको नामबाट होइन मेरै नामबाट हजुरलाई चिनाउँछु भनेर त्यो मैले पूरा गरेको जस्तो लाग्छ त्यसैमा म खुसी छ’ु उनले भने ।

नेपाली कांग्रेस बबई ४ को वडा सभापतिमा चुनाव जित्दा पनि आफूलाई निकै खुसी लागेको उनले सुनाए । ‘मेरो बुबाले दुई पटक स्थानीय चुनावमा वडा सदस्यमा पराजित हुनुभयो बुबा पराजित भए पनि म सफल हुन्छु बुवाको बिडो थाम्छु भनेर म राजनीतिमा लागे मलाई सबैले साथ सहयोग गर्नुभएको छ म यसमा पनि खुसी छु’ झुपलालले भने । उनले आफ्नो बुवालाई जुम्ली जेठा भन्ने गरेको र झगु जुम्ली जुठाको छोरा हो भनेर पहिले चिने पनि अहिले आफू आफ्नै नामले समाजमा चिन्ने भएको भन्दै त्यो पनि खुसीको कुरा भएको सुनाए ।

त्यस्तै उनले आफ्नो जन्मथला मै आफूले सेवा गर्न पाएकोमा अर्को खुसी मिलेको सुनाए । झुपलालले गाउँमा झुपे बिग्रियो भनेर सबैले भन्ने गरेकोमा आफूले समाजमा राम्रो कर्म गरे यही माटोमा आफ्नो पौरख गरेर आफू परिचित हुन पाउँदा अर्को खुसी मिलेको सुनाए । ‘अहिले स्वदेश विदेशबाट मेरो नाम लिनुहुन्छ केही काम सहयोग आवश्यक परेमा मलाई सम्झनु हुन्छ यतिसम्म हुन पाउँदा पनि आफूलाई खुसी लाग्छ’ उनले भने । त्यस्तै तुलसीपुर यातायात प्रालि अन्तर्गत हापुरमा काउन्टर इन्र्चाज भई काम गरेका झुपलालले आफूलाई जागिरका लागि पहिलो पटक फोन गर्ने तत्कालीन अध्यक्ष यमकान्त भण्डारी र पवनराज बुढाथोकीलाई सम्झँदै खुसी व्यक्त गरे ।

‘म काम नभएर अब विदेश जान्छु भनेको थिए तर उहाँहरूले फोन गरेर जागिर दिनुभयो त्यो फोन आएको दिन पनि म खुसीले गदगद भएको थिए’ उनले भने । उनले बुढाथोकीलगायत समितिका सबैले र घरपरिवार श्रीमति, अग्रज नेता सबै साथीभाइ इष्टमित्रको साथ सहयोग पाएको भन्दै खुसी व्यक्त गरे । ‘सबैले मलाई सहयोग गर्नुहुन्छ दिएको जिम्मेवारी मैले सतकर्मका साथ पूरा गर्छु म यसैमा खुसी छु खुसी हुन अरू के चाहिन्छ र’ उनले भने ।

प्रस्तुती : बालाराम खड्का