Goraksha

National Daily

हिमालको २१औँ वार्षिकोत्सव सुरु

गोरक्ष समाचारदाता
तुलसीपुर, २९ माघ । हिमाल एकाडेमी तुलसीपुरले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा सोमवारदेखि विभिन्न खेलकुद तथा कार्यक्रमको सुरुवात गरेको छ । एकाडेमीले वार्षिकोत्सव अन्तर्गत सोमवार खेलकुद दिवस खेलकुद रङ्गशाला बेलझुण्डीमा एक कार्यक्रमकाबिच उद्घाटन गरेको हो ।

वार्षिकोत्सवको अवसरमा हुने विविध कार्यक्रममा विद्यार्थीका कला, साहित्य एव खेलकुद विधालगायतका कार्यक्रम आयोजना गरिने विद्यालय जानकारी दिएको छ । तुलसीपुर क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल एकाडेमीले साताव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउन सुरु गरेको विद्यालयका संस्थापक प्रिन्सिपल मधुसून केसीले जानकारी दिए । पहिलो दिनमा खेलकुद दिवसमा कक्षा नर्सरीदेखि १२ सम्मका करिब दुई हजार बढी विद्यार्थीको सहभागिता रहने गरी खेलकुदका क्रियाकलाप सञ्चालन गर्ने कार्यक्रम रहेको विद्यालयले बताएको छ ।
हिमाल रनिङ ट्रफि ब्लु हाउस लाई

यसैबिच हिमाल इन्टर हाउस खेलकुद सप्ताहको विजेता ब्लु हाउसले हिमाल रनिङ ट्रफी जितेको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताहव्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण, नौ रजत र नौ कास्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो । यसैगरी आठ स्वर्ण, छ रजत, आठ काँस्य पदक जित्दै ग्रीन हाउस दोस्रो, चार स्वर्ण, सात रजत, चार काँस्य पदकसहित रेड हाउस तृतिय भएको छ भने चार स्वर्ण, चार रजत र पाँच काँस्य पदक हात पार्दै एल्लो हाउस सान्त्वना भएको विद्यालयका भाइस प्रिन्सिपल मुकेश कुमारले जानकारी दिएका छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लस टु छात्रातर्फ स्मृति चौधरी, छात्रमा दिनेश चौधरी, मावि छात्रातर्फ रेणुका चौधरी, छात्रमा बाबुराम चौधरी, निमावि छात्रातर्फ आयुष्मा वली र छात्रमा प्रनिस विष्ट सर्वोउत्कृष्ट खेलाडी घोषित भए । विद्यालयका प्रिन्सिपल मधुसून केसीको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य मुक्तिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीले विभिन्न भेषभूषा, कला, संस्कृति झल्कने नृत्य, मार्सल आर्ट, तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए ।

सो अवसरमा विजेता हाउस तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सनोत थापाले गरेका थिए ।