calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवद्र्धन : सभामुख घर्ती

कमिरेचौर, २८ माघ । बंगलाचुलीमा पाँचौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजना तथा महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीको व्यवस्थापनमा रनिङ सिल्ड सुरु भएको हो ।

प्रतियोगिता बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यता र बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको विशिष्ट आतिथ्यमा रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले बंगलाचुलीको समग्र सम्भावनाबारे प्रकाश पार्दै भौतिक, सामाजिक र सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले खेलकुदको राष्ट्रिय महत्व औंल्याउँदै शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवद्र्धन पनि अनिवार्य रहेको बताए ।

खेलकुद मात्र शारीरिक तन्दुरुस्तीका लागि नभई अनुशासन, एकता र नेतृत्व विकासका लागि पनि महत्वपूर्ण रहेको छ । बंगलाचुलीको भौगोलिक विशेषता फरक रहेको उल्लेख गर्दै सभामुख घर्तीले स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने भएकाले कृषि, पर्यटन तथा उद्यमशीलतालाई प्रवद्र्धन गर्न सरकार, जनप्रतिनिधि तथा स्थानीय समुदायको साझा प्रयास आवश्यक रहेको बाए ।

देशको समग्र अवस्थालाई सुधार गर्नका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै उहाँले तिनै तहका सरकार र जनप्रतिनिधिहरूले जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले प्रतियोगिता बंगलाचुलीका लागि महत्वपूर्ण अवसर रहेको बताए । उनले खेलकुदले युवाहरूलाई अनुशासित बनाउनुका साथै उनीहरूको भविष्य निर्माणमा सहयोग पुर्याुउने विचार व्यक्त गरे ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बंगलाचुलीको खेलकुदसंगै विभिन्न क्षेत्रको विकासमा गाउँपालिका लागिपरेको बताए । उनले खेलकुद गतिविधिहरूले स्थानीय व्यवसाय तथा पर्यटन प्रवद्र्धन गर्न सक्ने भएकाले खेलकुद क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए । बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य गणेश विश्वकर्मालगाएतले बोलेका थिए ।

रनिङ सिल्ड प्रतियोगितामा बंगलाचुलीका ६ वटा माध्यमिक विद्यालयहरु महेन्द्र माध्यामिक विद्यालय स्युजा, सुधा माध्यमिक विद्यालय झेलनेटा, माध्यामिक विद्यालय भेडाबारी मुलाबारी, सरस्वती माध्यामिक विद्यालय जवरकोट, खड्ग माध्यामिक विद्यालय हाँसिपुर र प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको महेन्द्र माध्यमिक विद्यालय श्रीवारीको सहभागिता रहेको छ । रनिङ सिल्डमा छात्रछात्रातर्फ १४ विधाका खेलकुद प्रतियोगिता समावेश गरिएको छ। महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीका प्रधानाध्यापक तिलकराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सहजिकरण महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीका शिक्षक टेकबहादुर बिकले गरेका थिए ।