calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

हामी मिले चुनावमा कसैले हराउँन सदैन : सभापति देउवा

गोरक्ष समाचारदाता
घोराही, २८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता भए चुनावमा कसैले हराउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सभापति देउवाले पार्टीभित्र बलियो एकता आवश्यक रहेको बताएका हुन ।

चुनाव जित्नका लागि पार्टीमा एकता आवश्यक रहेको भन्दै सभापति देउवाले भने,‘हामी मिले चुनावमा कसैले पनि हराउन सक्दैन । त्यसका लागि पहिले हाम्रा साथीहरुकाविचमा एकता हुन जरुरी छ ।’ सभापति देउवाले पार्टीलाई बलियो र संगठित बनाउनका लागि तल्लो तहदेखि नै नेता कार्यकर्ताहरु एकढिक्क हुनुपर्ने बताएका हुन ।

दाङको विकासका लागि तुलसीपुरमा रहेको बिमानस्थल स्तरवृद्धि र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको थप विकास हुन आवश्यक रहेको भन्दै पूर्व प्रधानमन्त्री सभापति देउवाले स्तरवृद्धिका लागि पहल गर्ने बताएका हुन । दाङमा कुहिरो नलाग्ने भएकाले बाह्रै महिना एयरपोर्ट चलाउन सकिने भएको भन्दै सभापति देउवाले काठमाडौं फर्किएपछि विज्ञहरुसंग परामर्श गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसंग यस बारेमा आफुले छलफल समेत गर्ने बताए ।

दाङ प्रादेशिक राजधानीसँगै यस क्षेत्रको महत्वपूर्ण ठाउँ भएकाले बिमानस्थलको अन्त्य आवश्यक रहेको भन्दै सभापति देउवाले भने,‘दाङमा ठुला जहाज उडानका लागि अहिलेको बिमानस्थललाई बिस्तार गर्न निकै जरुरी छ । विमानस्थल स्तरबृद्धिका लागि विज्ञहरुसंग छलफल गर्छु र अघि बढाउनका लागि अहिलेका प्रधानमन्त्रीले अवश्यक सहयोग गर्नुहुनेछ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापानले यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा सहजतासँगै दक्ष स्वास्थ्यकर्मी उत्पादनले महत्वपूर्ण भूमिका खेल्ने बताए । अहिले विश्व बजारमा नर्सहरुको माग बढ्दै गएको भन्दै सभापति देउवाले प्रतिष्ठानले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवासँगै नर्सहरु उत्पादनमा ध्यानदिनुपर्ने भनाई थियो । सभापति देउवाले सबै जातजात र वर्ग समुदायलाई अधिकारको प्रत्याभुत हुने गरि सरकारले काम गर्नुपर्ने बताएका हुन ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाडले दाङको विकासका लागि तुलसीपुरमा रहेको बिमानस्तलको स्तरउन्नती हुन आवश्यक रहेको बताए । साविक राप्ती क्षेत्रमा आर्थिकसँगै राजनीतिक रुपमा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको भन्दै दाङलाई विकासमा अघि बढाउनका लागि विमानस्तरको स्तरवृद्धि हुनुपर्ने बताए । नेपाली कांग्रेसका लागि दाङ उर्वरभूमी भएको भन्दै त्यो उर्वरभुमीलाई बचाइ राख्नका लागि नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

पार्टीभित्र भएको गुटउपगुटको अन्त्य गर्दै सबैले सबैको सम्मान र हात्तेमालो गर्दै संगठन निर्माणमा जुट्नुपर्ने बताए । कांग्रेस बलियो भए मात्र देश र लोकतन्त्र बलियो हुने जनता बलिया हुने भएकाले लोकतन्त्रलाई बचाउनका लागि कांग्रेसलाई बचाउन जनता लाग्नुपर्ने बताएका हुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले दाङको विकासका लागि चारलेन सडक,तुलसीपुरमा रहेको एयरपोटसँगै घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास हुन आवश्यक रहेको बताए । यी तीनवटै क्षेत्रसगै कृषि क्षेत्रमा सिचाइको व्यवस्थाका माध्यमबाट जनताको जीवनस्तर माथि उठाउनेदेखि दाङको समग्र विकासका लागि कांग्रेसले( पहल गरिरहेको बताए ।

घोराही–तुलसीपुर चारलेन सडक माघ महिनामित्रै ठेक्काको प्रक्रियामा जाने तयारी रहेको भन्दै यसले लामो समयदेखि जनताले दुःख पाइरहेको अवास्थाको अन्त्य गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले संविधान संशोधनको काम देश र नेपालीलाई जनतालाई समृद्ध बनाउनका लागि हो भनेर जनतालाई बुझाउन आवश्यक रहेको बताए । कांगं्रेस–एमालेको वर्तमान गठबन्धन सरकारले संविधान संशोधनका नाममा विपन्न समुदाय, दलित, आदीवासी जनजातीलगायतका समुदायको अधिकार खोस्ने काम गर्न थालेको भन्दै भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ण आवश्यक रहेको बताएका थिए ।

उनले आगामी निर्वाचनमा एक्लै प्रतिपर्धा गर्नुपर्ने भएकाले पार्टीमा वडातहदेखि केन्द्रैसम्म पार्टीमा एकता कायम गर्ने गरि नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए । नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पावरका नाममा नेतृत्वमा बसेको व्यक्तिले कसैलाई पनि दवाउन नहुने बताए । पावरका नाममा कमजोरलाई दवाएर अघि बढ्न खोज्दा असमदारी हुने र त्यसले पार्टीलाई असर गर्ने भएकाले नेतृत्वले सवैलाई मिलाएर पार्टी र जनताको हित हुने गरि लाग्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमंत्री देवेन्द्रराज कँडेलले कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि पार्टी नेता तथा कार्यकर्ता एकढिक्का भएर अघि बढ्न आवश्यक रहेको बताए । पार्टीभित्र हुने गुट उपगुटलाई अन्त्य गर्दै एकतावद्ध कांग्रेस बनाउने अभियानमा लाग्न आग्रह गर्दै नेता कँडेलले पार्टीको हितविपरित जाने नेतालाई कारवाही गर्नुपर्ने बताए । पार्टीमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था नहुँदासम्म गुटउपगुटसँगै आफ्नैलाई हराउने प्रवृति नरोकिने भन्दै उनले पार्टीको निर्देशन विपरित जानेलाई कडा कारवाही गर्नुे बताए ।

नेपाली कांग्रेसका पूर्व नेता स्वर्गीय खुमबहादुर खड्कालगायतकाले बनाएको कांग्रेसको उर्वरभूमी भएको भन्दै त्यसलाई जोखाउन सवै लाग्नुपर्ने बताए । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीलाई संस्थागत गर्ने रुपमा सञ्चालन गर्दै एकतावद्ध र मजबुत कांग्रेस भएको जनतामा सन्देश दिन आवश्यक रहेको बताए । पार्टीभित्र हुने गुटउपगुट अन्त्यका लागि नेतृत्वले सवैलाई मिलाउँदै वडादेखि केन्द्रसम्म रहेका सवै खाले गुटबन्दीको अन्त्य गर्न लाग्नुपर्ने बताए । नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।