प्रतिष्ठानको बेसिक साइन्स प्रयोगशालाको उदघाटन

घोराही,२८ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठानको बेसिक साइन्स प्रयोगशालाको उदघाटन गरेका छन् ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठानको नवनिर्मित बेसिक साइन्स प्रयोगशालाको आइतबार उद्घाटन गरेका हुन । करिव दुई करोड ५० लाखको लागतमा निर्माण भएको बेसिक साइन्ज प्रयोगशालाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले बेसिक साइन्स प्रयोगशालाले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा सहयोग पु¥याउने बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनासँगै दक्ष जनशक्ति उत्पादनका लागि सुरु गरेको पढाईले दाङको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै पूर्व प्रधानमन्त्रीले भने,‘बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि प्रतिष्ठानले निर्माण गर्न थालेको चार सय बेडको भवन निर्माणका लागि बजेटको व्यवस्था गर्न पहल गर्नेछु ।’
पूर्वप्रधानमन्त्री देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन समेत गरेका थिए । प्रतिष्ठानले बिरामीलाई स्वास्थ्य सेवासँगै एमविविएस,विएसी नर्सिङ र विएनएस नर्सिङको पढाई समेत सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानमा एमविविएस, विएसी नर्सिङ र विएनएस नर्सिङमा१ सय ७० जना विद्यार्थी अध्यनरत रहेका छन् ।