calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

‘अमेरिका के हो, अमेरिका के होइन’ अन्तरसंवाद 

दाङ,२७ माघ । अध्ययन मञ्च दाङले हालै अमेरिका भ्रमणबाट फर्किनुभएका प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सुशील गौतमसँग शनिबार अमेरिका के हो, अमेरिका के होइन विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो छोटो अमेरिका बसाइमा विशाल अमेरिकाबारे सबै कुरामा टिप्पणी गर्न कठिन भएको बताउँदै अकेरिकामा भएको राष्ट्रपति चुनाव, त्यहाँ स्थित नेपाली र भुटानी नेपाली समुदाय, समाज र सामाजिक सम्बन्ध, विश्वविद्यालय र सार्वजनिक पुस्तकालय, अर्थ र संस्कृति लगायतका विविध विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गौतमले अमेरिकामा बसेका नेपाली समुदायको भावनात्मक सम्बन्ध निकट रहेको जनाउँदै नेपाली समुदायको दोस्रो पिढीलाई नेपालसँग जोड्न भने चुनौतीपूर्ण रहेको जनाउनुभयो । उहाँले अमेरिकामा रहेका नेपाली समुदाय र तिनको दोस्रो पिढीले सिकेको सिप र क्षमता नेपालको विकासमा लगाउन राज्यले गतिलो योजना बनाउनु पर्ने आवश्यकता उल्लेख गर्दै त्यस सम्बन्धमा अमेरिका, चीन र भारतले गरेका सफल प्रयास बाट नेपालले सिक्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।

उहाँले आफूले बुझेसम्म अमेरिकी विश्वविद्यालयमा दलिय राजनीति नभएको र विश्वविद्यालय बोर्ड अफ ट्रस्टिबाट सञ्चालन हुँदा सत्ताको छाया नपरेको बताउनुभयो । सर्वोदय पुस्तकालय दाङका अध्यक्ष रहेका गौतमले अमेरिकामा सार्वजनिक पुस्तकालयको व्यवस्थाबाट प्रभावित भएको जनाउँदै अमेरिकामा आफू बसेको तीन लाख जनसंख्या रहेको सानो सहर ग्रिन्सकोमा नगरपालिको सम्पूर्ण खर्चमा आठ वटा सार्वजनिक पुस्तकालय संञ्चालन गरेको उल्लेख गर्नुभयो ।

उहाँले अमेरिकामा प्रजातन्त्र भएपनि निर्वाचन अत्यन्त खर्चिलो भएको हुँदा धनीहरुको प्रभुत्व भएको जनाउँदै राष्ट्रपति ट्रम्पको उदयसँगै ट्रम्पका समर्थक एलन मस्कको सम्पत्ति छोटो अवधिमा एक सय चवन्न विलियन डलर बढेको उदाहरण दिनुभयो । मुलतः अमेरिकी समाज उदार भएपनि कानुनले निषेध गर्दागर्दै कालाप्रति अझै केही मात्रामा विभेदरहेको, माध्यमिक शिक्षा निशुल्क भएपनि उच्च शिक्षा र स्वास्थ्य सेवा निकै महङ्गो भएको जनाउनुभयो ।

उहाँले प्रेस स्वतन्त्रता भएपनि देखिने गरि नै धेरै जसो मिडियाले चुनावमा खास उम्मेदवारको पक्षमा पक्षधरता देखाएको, अमेरिकी समाजमा अनुसासन लोभलाग्दो भएता पनि बेलामौकामा बन्दुक आतंक भने हुने गरेको बताउनुभयो । कार्यक्रममा श्रोता दर्शकहरुले पनि अमेरिकाबारे आफ्ना जिज्ञासा राख्नुभएको थियो भने गौतमले जवाफ दिनुभएको थियो । अन्तरसंवाद कार्यक्रमको सहजीकरण अध्ययन मञ्च दाङका सदस्य थम्मन बस्नेतले गर्नुभएको थियो ।