calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

राजनीतिक परिवर्तन र विकास निर्माणमा कर्मचारीको भूमिका : नेता गिरी

गोरक्ष समाचारदाता
दाङ, २७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले नेपालको लोकतान्त्रिक आन्दोलन र विकास निर्माणमा निजामती कर्मचारीको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति दाङको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता गिरीले कर्मचारीलाई देशको ‘स्थायी सरकार’ भएको भन्दै कर्मचारीलाई सेवामुखी भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । ‘विकास निर्माणका काम मात्र होइन, नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्ने जिम्मेवारी निजामती कर्मचारीको हो’, कार्यक्रमका प्रमुख अतिथि नेता गिरीले भने, ‘यसलाई प्रभावकारी बनाउन कानूनी सुधारका लागि नेपाली कांग्रेसले निरन्तर पहल गरिरहेको छ ।’

उनले अहिले सङ्घीय निजामती कर्मचारी ऐन राज्य व्यवस्था समितिमा छलफल भइरहेको भन्दै कर्मचारीका हकअधिकार सुनिश्चितता गर्न आपूmले पहल गर्ने बताए । कर्मचारीका जायज माग पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको भन्दै कर्मचारीलाई राज्यले प्रदान गरेका सेवाहरू प्रभावकारी ढङ्गले जनतासम्म पुु¥याउन ध्यान दिन उनले आग्रह गरेका थिए । बदलिँदो समय अनुसार कर्मचारीले क्षमता विकास गरेर राज्यले प्रदान गर्ने सेवासुविधा जनतालाई प्रवाह गर्नुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जनतालाई सहज रूपमा सेवा प्रदानसँगै पुनर्संरचनासहित भनेको नयाँ सरकारलाई जनताको विश्वास जित्ने गरी कर्मचारीले भूमिका खेल्नुपर्ने बताए । जनतासँग प्रत्यक्ष जोडिने कर्मचारी भएको भन्दै जिल्ला सभापति डाँगीले सेवालाई सहज रूपमा सेवा प्रदान गर्नतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती यादवले स्थानीय सरकारका तर्फबाट कर्मचारीको पेसागत हकहित र क्षमता अभिवृद्धिका लागि गर्न सकिने काम गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले पेसागत हकहितका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । सहभागी वक्ताले सरकारले कर्मचारी संगठन हटाउने गरी ल्याउन थालेको ऐन पुनर्विचार गर्नुपर्ने समेत माग गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव जगतबहादुर पाठक, केन्द्रीय सदस्यहरू सरस्वती रेग्मी, हरि ज्ञवाली, नविन पन्थी, नेपाल निजामती कर्मचारी युनियनका लुम्बिनी प्रदेश अध्यक्ष बामदेव शर्मा, प्रदेशका उपाध्यक्ष रेश्मीराज अधिकारी, नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेय, नेपाल निजामती कर्मचारी युनियन दाङका सस्थापक तुलसी गिरीले बोलेका थिए ।

त्यसैगरी  नेपाल निजामती कर्मचारी युनियन दाङका संस्थापक अध्यक्ष युवराज न्यौपाने, नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान अध्यक्ष दलबहादुर बस्नेत, पूर्व कार्यवाहक अध्यक्ष अनन्तराज डाँगी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष गोकर्ण वली, नेपाल निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष चत्तुरमान डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै निजामती कर्मचारीको हकअधिकारका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका थिए ।

बन्दसत्रमा सचिव वीरबहादुर राम्जा मगरले सांगठनिक तथा कोषाध्यक्ष मुक्तिराम भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल निजामती कर्मचारी युनियन जिल्ला उपाध्यक्ष शरद घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव वीरबहादुर राम्जाले गरेका थिए ।