calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

‘निष्ठा र त्यागका नेता स्व. कोइराला’

गोरक्ष समाचारदाता
दाङ, २७ माघ । कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला निष्ठा र त्यागका नेता भएको कार्यक्रमका सहभागीले बताएका छन् । स्वर्गीय सुशील कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा शनिवार घोराही स्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले सरल, सादगी र त्यागी जीवन बिताउने नेता स्व. कोइरालाबाट पाठ सिक्न आवश्यक रहेको बताएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं. २ दाङका सभापति भीमप्रकाश खड्काको सभापतित्व एवम् केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले देशलाई शान्तिको मार्गमा अघि बढाउन र लोकतान्त्रिक संविधान जारी गर्न स्व. कोइरालाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

संविधान जारी गर्न विदेशी शक्तिले नमानिरहेको समयमा देशभित्रका सम्पूर्ण राजनीतिक दलहरूलाई सहमतिमा ल्याउँदै संविधान जारी गरेर नेता स्व. कोइरालाले देशलाई जोखिमबाट बचाउने काम गरेको सहभागीले बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य घिमिरेले पदको लोभभन्दा देश र जनताको लागि सधैँ चिन्ता गर्ने सदा जीवनका नेता कोइरालाबाट वर्तमान पुस्ताले पाठ सिकेर अघि बढ्नुपर्ने बताएका थिए ।

सरल, सादा जीवनका साथ राजनीति गर्ने र उच्च पदमा पुग्ने त्यागी एवम् सादगी वर्तमान संविधानका पिता समेत रहेका नेता नेपाली राजनीतिका क्षेत्रमा बिरलै पाइने भन्दै सहभागी वक्ताले उनको जीवनीबाट वर्तमान पुस्ताले सिक्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी, महासमिति सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस क्षेत्र नं. २ दाङका सचिव आरके शीतलले गरेका थिए ।