भ्यालीटपको २२औँ वार्षिकोत्सव
दाङ, २६ माघ । घोराही उपमहानगरपालिका–१८ नवलपुरमा रहेको भ्यालीटप इङ्लिस बोर्डिङ स्कुलले शनिवार कार्यक्रमको आयोजना गरी आफ्नो २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामबहादुर वली क्षेत्रीको अध्यक्षता एवं घोराही नगर शिक्षा प्रमूख नारायणप्रसाद पौडेलको प्रमूख आतिथ्यमा भएको कार्यक्रमका बक्ताहरुले विद्यालय, विद्यार्थी र अभिभावकको त्रिकोणत्मक सम्वन्धले गुणस्तरीय शिक्षाको बिकास हुने बताएका छन् । बक्ताहरुले विद्यालय र शिक्षकहरुले उपयुक्त शैक्षिक वातावरण निमार्ण गर्ने, विद्यार्थीृले पढाइमा मेहनत गर्ने र अभिभावकको उचित निगरानीबाट गुणस्तरीय शिक्षा हाशिल हुने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयका शेयर सदस्य नारायण अधिकारी, गिरीराज शर्मा, रामबहादुर भण्डारी, भुपबहादुर केसी, लालमणी बसेल लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक खुम केसीले बिद्यालयको प्रगती बिवरण तथा आगामी वर्षका योजनाका बारेमा बिद्याथी तथा अभिभावक माँझ जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयले वार्षिक उत्षवका अवसरका आयोजना गरीएका विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक हिरा बिष्टको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक दिनेश न्यौपानेले गर्नु भएको थियो ।