दोस्रो विक्रम पुन स्मृति फुटबलको उपाधि राइजिङ स्टारलाई

भ्यूमान पुनमगर
घोराही,२६ माघ । दाङको घोराहीमा भएको दोस्रो विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टारले हात पारेको छ । घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक बिएफएल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै राइजिङ स्टारले दोस्रो विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफमा बराबरी खेलको दोस्रो हाफको २२ मिनेटमा आशिष पुनमगरले गोल गर्दै राइजिङ स्टारलाई उपाधि जिताउन सफल भएका हुन । विजेता टिम राईजिङ स्टारले नगद २ लाख २२ हजार २ सय २२ रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेता बिएफएल क्लबले नगद १ लाख ११ हजार १ सय ११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बिएफएलका सुमित पुन मगर, उत्कृष्ट डिफेन्डर बिएफएल क्लबका सुबास थारु, उत्कृष्ट गोल किपर राइजिङ स्टारका राहुल मुखिया र उत्कृष्ट मिडफिल्डर बिएफएल क्लबका प्रमोद बुढा मगर र सर्वाधिक गोल गर्नेमा राइजिङ स्टारका मिलन आले घोषित भएका थिए । प्रतियोगिता माघको ११ गतेदेखि सुरु भएको थियो ।