शिक्षा ऐन जारी गर्न आनाकानी गरे शिक्षक फेरी आन्दोलनमा जाने : अध्यक्ष सुवेदी

नेपाल शिक्षक संघ दाङको २६ औं प्रतिनिधिसभा सम्पन्न
बालचन्द्र शर्मा
दाङ,२६ माघ । नेपाल शिक्षक महासङघका केन्द्रीय अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जारी संसद्को हिउदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन फेरि एक पटक शिक्षक आन्दोलन आवश्यकता रहेको बताउनु भएको छ । सुस्त गतिमा रहेको ऐन छिटोभन्दा छिटो जारी गराई दिगो शैक्षिक जनशक्ति मार्फत गुणस्तरीय शिक्षाका लागि शिक्षा ऐन जारीको देशसग कुनै बिकल्प नरहेको बताउनुभयो । यदी शिक्षा ऐन जारी गर्न आनाकानी गरिने देशभरका शिक्षकहरु आन्दोलनका लागि तयार रहेको बताउनुभयो ।
नेपाल शिक्षक संघ दाङको आज शनिबार घोराहीमा भएको २६ औ प्रतिनिधि सभाको उदघाटन गर्दै उहाले शिक्षा ऐन जारी गर्ने सन्दर्भमा महासंघ सफलताको नजिक पुगेको बताउनुभयो । उहाले २०८२ सालसम्म देशभर स्थायी शिक्षक हुने र गुणस्तरीय शिक्षा प्रदानको वातावरण हुने बिश्वास गर्नुभयो ।
शिक्षा ऐनले सकेसम्म धेरै र मूल मुद्दा सम्बोधन गर्नेगरी काम भैरहेको बताउनुभयो । शिक्षकको आन्दोलनले नेपाली शिक्षकको तगता देखाएको भन्दै छलफलमा रहेको शिक्षा ऐनमा अत्याधिक साम्सदले संसोधन हालेको र शिक्षकका पक्षमा ऐन आउने बिश्वास व्यक्त गर्नुभएको छ । नेपालमा जे जति शैक्षिक उपलब्धि भएको छ त्यो शिक्षक आन्दोलनको उपज हो भन्दै उहाले आन्दोलनको अहिले पनि आवश्यक रहेको बताउनुभयो । आन्दोलनमा जति उपलब्धि भए शिक्षक संघ संगठनको बलमा भएको हो भन्दै उहाले पालिका तहमा संगठन बलियो बनाउन आग्रह गर्नुभएको छ ।
अतिरन्जनापूर्ण तरिकाले माग गर्नु उचित नभएको भन्दै उहाले वास्तविक र समयसापेक्ष माग लिएर मात्रै आन्दोलनमा गए मात्रै शिक्षकका माग मुद्दा सम्बोधन हुने बताउनुभयो । शिक्षक सेवा आयोगको स्थापना हुनुपनि यही शिक्षकहरुको आन्दोलनको उपज भन्दै उहाले आन्दोलनका उपलब्धीलाई नबिर्सन देशभरका शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो ।
२०५२ मा आयोगले लिएको परीक्षाको नतिजा रोक्नका लागि केही संगठनहरु लागिपरेपनि शिक्षक महासंघले त्यसको नेतृत्व लिएर नतिजा प्रकाशनका लागि दवाव दिईएको उहाँको भनाई थियो । समितिमा रहेको विधेयकलाई ऐनको रुपमा एथासक्य ल्याउनका लागि अवको आन्दोलन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अतिथि १। कार्यक्रमका विशिष्ट अतिथि नेपाल शिक्षक संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद न्यौपाने शिक्षा विधेयकले लिएका मुख्य विशेषताहरु सहीत अविलम्ब पास गर्नुपर्नेमा जोड दिनुभयो । अर्का। विशिष्ट अतिथि नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाली काङ्ग्रेस दाङका सचिब अर्जुन कुमार योगीले विचारको जगमा उभिएर शैक्षिक गतिविधिमा लाग्नका लागि शिक्षकहरु एक हुन आग्रह गर्नुभयो ।
नेपाल शिक्षक संघ संघिय कार्यसमितिका पूर्व उपाध्यक्ष अमरबहादुर खड्काले नेपाल शिक्षक संघने नेपालको शिक्षाक्षेत्रलाई एक कदम माथि उठाउनका निमित्त काम गरिरहेको भन्दै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि राजनितिबाट माथी उठेर संगठनको मुख्य उद्धेश्य बनाउनुपर्छ, भन्नुभयो ।
नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिकी उपमहासचिब शुसिला सुवेदीले सबै शिक्षकहरुको बिचार भनेको शिक्षक एकता नै भएको भन्दै सवैको आस्था अलग अलग पार्टीमा रहन भएपनि उपलब्धी रक्षाका लागि एक हुनुपर्नेमा जोड दिुभयो ।
नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष युबराज बस्नेतले महासंघले आह्वान गरेको आन्दोलनमा सक्रिय सहभागीता रहनेछ, शिक्षा विधेयक ल्याएरै छोड्ने बताउनुभयो । शिक्षक महासंघ लुम्बिनि प्रदेश सचिब गणेश रिजाल कुनैपनि सरकारले शिक्षकलाई राम्रो नजरले हेर्न नसकेको, युवा पुस्ताहरु पलाएन भईरहेकाले भविष्यमा दक्ष शिक्षक पाउन धेरै मुस्किल पर्न सक्नेछ, सीप सहीतको पाठ्यक्रम परिमार्जनमा ध्यान दिईनुपर्ने बताउनुभयो । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेश कुमार पाण्डेय कुनैपनि हालतमा शिक्षा विधेयक पास गराउन लाग्नुपर्छपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष शुसिला शर्मा शिक्षकहरुलाई दोस्रो दर्जाको रुपमा हेरिएको भन्दै शिक्षकका हक र अधिकारको लागि जुनसुकै आन्दोलन गर्न तयार हुनुपर्ने बताउनुभयो । नेपाल शिक्षक संघ दाङका पूर्व अध्यक्ष कुमुद पोख्रेलले शिक्षक अस्पतालको स्थापना तत्काल गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष रुमाल प्रसाद बस्याल, एकीकृत नेपाल शिक्षक संगठन दाङका अध्यक्ष लगायतकाले बक्ताहरुले बाह्रथरी शिक्षक नियुक्त गरेर राज्यले गैरजिम्मेवारीपन देखाएको छ, सेवा सुविधा समायोजन हुनुपर्छ होईन भने निशर्त स्थायी गरिनुपर्र्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रस्तावित शिक्षा विधेयक र नेपाल शिक्षक संघको आह्वानमा भएको शिक्षक आन्दोलनको विषयमा सबै शिक्षकहरुले अन्तरकृया कार्यक्रममा जिज्ञासा राखिएको थियो । कार्यक्रममा शिक्षक संघ दाङको १० वटा स्थानिय कार्यसमितिहरुमध्ये उत्कृष्ट पालिकाको रुपमा लमही नगरपालिकालाई सम्मान गरिएको ।
प्रतिनिधि सभामा साँगठनीक प्रतिवेदन संघका सचिब सुर्यबहादुर बस्नेत, आर्थिक प्रतिवेदन संघका सचिब अर्थ निशान्त आचार्य र महिला विभाग प्रतिवेदन उपाध्याक्ष चित्रकला आचार्यले प्रस्तुत गर्नु भएको प्रतिवेदन छलफलपछि पारित गरिएको नेपाल शिक्षक संघ दाङका कार्य समिति सदस्य बालचन्द्र शर्माले जानकारी दिनुभयो । नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष चित्रकला आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा अर्का उपाध्याक्ष दामबहादुर बिसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव सूर्यबहादुर बस्नेतले गर्नु भएको थियो ।