calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

पार्टी सभापति देउवा आउने कार्यक्रममा उपस्थित हुन कांग्रेस दाङको आग्रह

दाङ,२६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रममा उपस्थीतिका लागि नेपाली कांग्रेस दाङले आग्रह गरेको छ ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले शुक्रवार एक सूचना जारी गर्दै माघको २६ गते दंगीशरण गाउँपालिका–३ चखौरामा हुने कार्यक्रममा उपस्थीतिका लागि कांग्रेस, भातृ तथा शुभेच्छुक संघसस्थाका नेता तथा कार्यकर्तालगायत सर्वसाधारण नागरिकमा आग्रह गर्नुभएको छ ।

चखौरामा मटावाँ,बरघर,भलमन्सा संघको आयोजनामा माघको २६ गते आज अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सवलाई सम्वोधन गर्न पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री देउवा दाङ आउन लाग्नुभएको छ । कार्यक्रम १२ : ३० बजेदेखि सुरु हुनेछ ।

त्यसैगरी नेपाली कांग्रेस दाङले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थीतिमा माघको २७ गते घोराहीमा भेटघाट कार्यक्रम गर्ने भएको छ । विहान ११:४५ बजे घोराहीस्थीत नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा हुने उक्त कार्यक्रममा उपस्थीतिका लागि जिल्ला सभापति डाँगीले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।