calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

लिटल एञ्जलमा किड्स ओलम्प्याड तथा विज्ञान प्रदर्शनी

गोरक्ष समाचारदाता
दाङ, २६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको लिटल एञ्जल स्कुलले किड्स ओलम्प्याड तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विद्यालयले आप्mनो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार किड्स ओलम्प्याड तथा विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो ।

बालबालिकाको प्रतिभा उजागर गर्नेे विद्यालयले किड्स ओलम्प्याडको आयोजना गरेको विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किड्स ओलम्पयाडले सहयोग पुग्ने उनको भनाइ थियो । हरेक बालबालिकामा विभिन्न प्रतिभा रहने र ती प्रतिभालाइ बाहिर ल्याउन यस प्रकारको कार्यले सहयोगी भूमिका खेल्ने उनले बताएका थिए ।

आफूले अध्ययन गरेको विषयलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउन सहयोग पुगोस् भनेर विज्ञान कलाको प्रदर्शनी गरिएको थियो । विद्यार्थीले आफूले लिएको शिक्षालाई व्यावहारिक रूपमा उर्तान यस प्रकारको कार्यक्रमले सहयोग पुगेको प्रिन्सिपल गिरीले बताए । विद्यार्थीले निर्माण गरेका विज्ञान कला तथा विद्यार्थीहरू विभिन्न खेलमा सहभागी भएर देखाएको प्रतिभाको अभिभावकको ध्यान खिचेको थियो । अभिभावकले आप्mना बालबालिकाले गरेका गतिविधि दिनभरि नियालिरहेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णचन्द्र गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागीले विद्यालयले समयानुसार बालबालिकाको रुचि अनुसार शिक्षाका क्रियाकलाप अगाडि बढाएको बताएका थिए । बालबालिकाको चाहना अनुसार शिक्षालाई अगाडि बढाएमा सिकाइप्रति विद्यार्थीको आकर्षण हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा प्याब्सनका जिल्ला सचिव आदिम केसी, विद्यालयका प्रिन्सिपल यादव गिरीलगायतले भनाइ राखेका थिए । विद्यालयका भाइस प्रिन्सिपल बिमल रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षका स्वस्वतीमाया एमसी र ओमप्रकाश बुढाले गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाइ पुरस्कृत गरिएको थियो भने विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।