डेढ् सय विद्यार्थीको निःशुल्क आँखा जाँच

गोरक्ष समाचारदाता
तुलसीपुर, २४ माघ । तुलसीपुरमा निःशुल्क विद्यालय आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । विद्यालय आँखा जाँचमा एक सय ५० जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको राप्ती आँखा अस्पतालले
जनाएको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा तुलसीपुर–६ स्थित गुरुकुल एकाडेमी विद्यालयमा आँखा जाँच गरिएको हो । नेपाल सरकारको आर्थिक सहयोगमा भएको विद्यालय आँखा जाँच कार्यक्रमा एक सय ५० जना विद्यार्थीको आँखा जाँच गरिएकोमा १० जना चश्मा लगाउनु पर्ने विद्यार्थी फेला परेको बाह्य कार्यक्रम संयोजक रोहित कडायतले जानकारी दिएका छन् ।

उनीहरूलाई आवश्यकता अनुसार निःशुल्क चश्मा समेत वितरण गरिएको थियो । नेत्रसहायक रोहित कडायतको नेतृत्वमा गएको प्राविधिक टोलीले सेवा दिएको थियो ।