घोराहीमा बहाल कर प्रतिसटर दुईदेखि १२ हजारसम्म

गोरक्ष समाचारदाता
दाङ, २४ माघ । घोराही उपमहानगरपालिकाले घोराहीमा व्यावसायिक बहाल कर प्रयोजनका लागि प्रतिसटर दुई हजारदेखि १२ हजार रुपैयाँसम्म रकम निर्धारण गरिएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि उक्त रकम निर्धारण गरेको हो ।

यो अघिल्लो आर्थिक वर्षभन्दा वृद्धि गरिएको हो । अघिल्लो आर्थिक वर्षमा दुई हजारदेखि १० हजार रुपैयाँसम्म लिने सटर भाडाको मूल्य निर्धारण गरेको थियो । यसरी उपमहानगरपालिकाले निर्धारण गरेको मूल्य अनुसार प्रतिसटर घरबहाल कर लिने गरेको थियो । यसभन्दा बढी मूल्य घरभाडामा लगाउने गरेका छन् । बजारको मुख्य चोकमा प्रतिसटर न्यूनतम ५० हजार रुपैयाँ भाडामा लगाउने गरिएको छ तर यसतर्फ उपमहानगरपालिकाको ध्यान पुग्नसकेको छैन । यसले उपमहानगरपालिकाको राजस्व समेत गुमेको छ ।

उपमहानगरपालिकाले विद्युत प्राविधिकरणदेखि उत्तर तुलसीपुर चोक हुँदै दामोदर चोकसम्ममा प्रतिसटर १२ हजार निर्धारण गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षमा १० हजार रुपैयाँ निर्धारण गरेर घरवहाल कर लिएको थियो । बालमन्दिर चोकदेखि पूर्व नेपाल बैंक साई मन्दिर चोकसम्ममा प्रतिसटर १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा १० हजार निर्धाण गरिएको थियो ।

शहीद गेट उत्तर नेपाल बैंकसम्म १२ हजार निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा १० हजार रुपैयाँ निर्धारण गरिएको थियो । कटुवा खोलादेखि पश्चिम रतनपुर चोकसम्म प्रतिसटर सात हजार रुपैयाँ निर्धाणरण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा छ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो । ट्राफिक चोकदेखि उत्तर गणेश मन्दिर चोकदेखि नेपाल टेलिकमसम्म छ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्ला आर्थिक वर्षमा छ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यसैगरी गणेश मन्दिर, पुरानो बजार क्षेत्र गणेश मन्दिर चोकदेखि टेलिकमसम्म छ हजार रुपैयाँ निर्धारण गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा पाँच हजार हजार रुपैयाँ निर्धारण गरिएको थियो । नेपाल टेलिकमदेखि आर्मी व्यारेकसम्म तीन हजार रुपैयाँ निर्धारण गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा दुई हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो । बालमन्दिर चोकदेखि पश्चिम मिलनचोक हुँदै नयाँ बसपार्कसम्म सात हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा छ हजार पाँच सय रुपैयाँ थियो ।

यसैगरी बालमन्दिरदेखि उत्तर घोराही अस्पतालसम्म छ हजार रुपैयाँ निर्धारण गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा पाँच हजार रुपैयाँ थियो । घोराही अस्पतालदेखि आर्मी ब्यारेक हुँदै पश्चिम पुरानो बसपार्क वरिपरि तीन हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा दुई हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो । यसैगरी विद्युत प्राधिकरणदेखि दक्षिण लख्वारे कुलोसम्म छ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा पाँच हजार रुपैयाँ थियो । बुद्ध अस्पतालदेखि पनौरा पिपल बोट, वीपी चोकदेखि वन कार्यालयसम्म तीन हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा दुई हजार पाँच सय रुपैयाँ थियो । बाल मन्दिर चोकदेखि दक्षिण डिके पेट्रोल पम्पसम्म तीन हजार छ सय निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा तीन हजार रुपैयाँ थियो । यसैगरी स्वर्गद्वारी एफएमदेखि उत्तर जाने सडकमा चार हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा तीन हजार पाँच सय रुपैयाँ थियो । सिटी प्लाजादेखि उत्तर बैंक रोडसम्म तीन हजार रुपैयाँ निर्धारण गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा दुई हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यसैगरी गोग्ली बजार क्षेत्रमा तीन हजार छ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा तीन हजार रुपैयाँ रहेको थियो । सौँरीकुलादेखि बुुधौरा कुलो पूर्व ढिकपुरसम्म तीन हजार छ सय रुपैयाँ निर्धारण गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा तीन हजार थियो । यसैगरी बुधौरा चोकदेखि उद्योग वाणिज्य संघ जाने बाटोसम्म छ हजार निर्धारण गरिएको छ । अघिल्लो आर्थिक वर्षमा पाँच हजार रहेको थियो । उद्योग वाणिज्य संघ जाने बाटोदेखि बुकीडाँडा जाने बाटोमा तीन हजार छ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन हजार रुपैयाँ रहेको थियो । वडा नं १३ डुमरगाउँ आसपास क्षेत्रमा तीन हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । अन्य क्षेत्रको व्यावसायिक घर बहाल कर न्यूनतम प्रतिसटर दुई हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा दुइ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।