calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अक्षयकोष स्थापना

दाङ, २३ माघ  । दाङको घोराही उपहानगरपालिका वडा नं १५ सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय भरतपुरमा अक्षयकोष स्थापना गर्नु भएको छ ।

बमहादुर डाँगीका पूज्यनिय पिता स्वर्गीय कमानबहादुर डाँगी र आमा भक्तकुमारी डागीको सम्झनामा “बम—पूर्णिमा” अक्षयकोष स्थापना गरिएको छ । ५१ हजार रुपैयाको उक्त अक्षयकोषबाट आउने ब्याजको ६० प्रतिशत एसईई परीक्षामा अग्रेजी बिषयमा सवैभन्दाबढी अंक ल्याउनेलाई र अग्रेजी बिषयमै दोस्रो नम्वर ल्याउनेलाई ४० प्रतिशत ब्याजको रकमबाट पुरस्कार दिने गरी अक्षयकोष स्थापना गरिएको बमबहादुरका छोरा गोवद्र्धन डाँगीले जानकारी दिनुभयो ।

विद्यालयमा बुधवार एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेललाई हस्तान्तरण गरिएको थियो । विद्यालयमा प्राप्त अक्षयकोषको रकमलाई ब्यवस्थित गरी आगामी बर्षदेखि नै पुरस्कार दिनु शुरु गरिने विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिनुभयो ।