मेरो खुसी : सुरुमै ६ कक्षामा भर्ना….

त्योबेला ठुल्दाइले आइएससी पास गरिसक्नुभएको थियो, माइलो दाइले आइकम पढ्दै हुनुहुन्थ्यो । म साइलो र मेरो भाइ काइलो एकै पटक ६ कक्षामा भर्ना भएर हामीले स्कुल कुच्न पायौँ र अध्ययनलाई निरन्तरता दियौँ । मेरो सबैभन्दा ठुलो खुसी र अविस्मरणीय क्षण भनेकै सुरुमै ६ कक्षा भर्ना । हामी बस्ने गाउँदेखि बाह्र किलोमिटरको दुरीमा रहेको प्युठानको बाग्दुलाको स्कुलमा हामी दुइभाइ एकै पटक ६ कक्षामा भर्ना भयौँ । मेरो जीवनको सबैभन्दा अविस्मरणीय खुसी भनेकै एकै पटक ६ कक्षामा भर्ना, त्यो पनि घरदेखि बाह्र किमि टाढा ।
लेखिनिदनु होला मेरो खुसी कक्षा ६ मा एकै चोटि भर्ना । त्यसो त हामीले एकैचोटि दुइभाइ म र दामोदर भर्ना हुनुका पछाडि पनि धेरै कारण र प्रश्न हुन सक्छन्, अहिले त्यसलाई नखोतलौँ । हामी निम्न वर्गीय परिवारमा जन्मिएर पनि शिक्षा चाहिन्छ भन्ने बुवा ईश्वरीप्रसादको प्ररण त छदैछ, त्यसका लागि आर्थिक व्यवस्थापन पनि त्योबेला कम्ति चुनौतिपुर्ण थिएन । त्यही अवस्थालाई चिर्दै हामी पाँंच भाइमध्येका दुइभाइ प्युठानको बाग्दुला हाइस्कुलमा एकै चोटि भर्ना भएको मेरो सबैभन्दा अविस्मरणीय खुसीको क्षण हो । किनकि हामीले आफ्नो भाग्यरेखा र बुवाको सपना एकै चोटि कोर्ने अठोट गरेका थियौँ ।
किन एकै पटक ६ कक्षामा भर्नाका पछाडि पनि केही प्रश्न उठ्लान् तर त्योबेला स्वअध्ययन पनि हुन्थ्यो । कखरा र सम्भव भएसम्म एविसिडि सिकाउनका लागि हाम्रा अग्रजहरूले पनि सिकाउनु हुन्थ्यो । त्योबेला घरमै बसेर स्वअध्ययन गरेर हामी दुइभाइ दामोर र म एकै पटक ६ कक्षामा भर्ना भयौँ । मेरो सबैभन्दा खुसीको अविस्मरणीय क्षण हो ६ कक्षा भर्ना भएको बाग्दुला स्कुल । स्पष्ट तथ्याङ्कभन्दा पनि त्यो बेलाको शिक्षाको अवस्था तपाई आफैले बुझ्नु होला ।
सातु र चामल अनि मकैको खाजा बोकेर हामी बाग्दुलामा अध्ययन गरिरहेका थियौँ । जसले हामीलाई फलामको साङ्ग्लो मानिने एसएलसी उत्तीर्ण गरायो, बिना छलछाम र चिटिङ बिनै । त्यो बेलाको खुसीलाई मैले स्मरण गर्न चाहन्छु ठुल्दाइ मधुसुदन पौडेललाई अनि माइलादाजुुलाई पनि छुटाउन चाहन्न । अनि मेरो बुवा ईश्वरीलाई पनि । बुवा एउटा प्रमुख पात्र हो, दाजुहरूले मलाई यहाँसम्म ल्याउन कुनै पनि कसुर राख्नु भएन । त्यसैले पनि मैले दाजु मधुसुदन र केशवलाई कहिल्यै पनि भुल्ने छैन । किनकि मेरा खुसीका महत्वपूर्ण पात्र नै उहाँहरू हुनुहुन्छ ।
त्यसो त अध्ययनको एउटा चरणमा पुग्दा म पनि वैवाहिक जीवनमा बाँधिए । उर्मिला बनिन् मेरो सहयात्री । उनी जागिरे । म अध्ययन कै क्रममा थिए । हाइस्कुल देखिको माथिको शिक्षाका लागि मेरी जीवन सङ्गिनि उर्मिला पनि मेरो खुसीको अर्कि पात्र हुन् । स्वास्नीको बयान होइन सारथीको बयान हो यो । उर्मिला मेरो सारथी पनि हुन् । जसले दुधे छोरालाई सम्हालेर कार्यालयको पनि कामकाज भ्याएर मलाई उच्च शिक्षाका लागि मासिक पैसा पनि भुक्तानी गरेकी थिइन् । लाग्छ, मेरो सबैभन्दा खुसीको पात्र त उर्मिला पनि हुन् । उनले रौलदामा दुई बाबुलाई स्याहार्दै मलाई पनि थम अध्ययन र अनुसन्धान गर्न सघाएकोमा उर्मिलालाई पनि मैले कहिल्यै बिर्सने छैन ।
उर्मिलाले उर्जा थम्छिन् मैले यो अवस्थासम्म लेखनीलाई बढाएको छु । अर्थात मेरो खुसी श्रीमती उर्मिला । उनैको उर्जाले मलाई स्कुले जागिरे बनायो, प्राध्यापक बनायो अनि प्राग्य बनायो र अहिले म साहित्यकी भुमरीमा रुमल्लिएको छ । त्यसो त मलाई यहाँसम्म ल्याउने सबैलाई सम्बोधन गरौ भने तपाईको पत्रिकामा पनि अटाउँदैन होला …। तर मलाई लाग्छ पछिल्लो समयमा पठन संस्कृति कोल्याप्स भएको छ । पठन संस्कृतिको पुर्नजागरण हुने छ भन्नेमा पनि म पूर्ण विश्वस्त छु, लेखमा सुगन्ध हुन्छ, डिजिटल त मनोरञ्जनको क्षणिक प्रचार मात्रै हो । उनको अर्को सुझाव थियो प्रिन्ट मिडियाको कहिल्यै अवसान हुँदैन । कोटोको ढिडो र प्रिन्ट मिडिया एकै हुन् । अब मात्र प्रिन्ट मिडियाको महत्व सिर्जना हुन थालेको छ ।
त्यसो त उनका अविस्मरणीय क्षण नभएका पनि होइनन् । सात देर र सातभन्दा वणि संस्कार बोकेका गोविन्द्र साच्चै ग्वालाको जीवन पनि बिताएका थिए । ग्वाला जाँदा मकैवाली जोगायस भनेर ग्लाला पठाएका गोपिन्द्र आफ्नै बारीको मकै पोलेर खान लाग्दा उनको बारी बादरले सखाप पारेको थियो । त्योबेला उनले बुवा ईश्वरीको थप्पड खाए । त्यो पनि उनको गल्तीको प्रायश्चित्त थियो । त्यही क्रममा बुवा ईश्वरीले हानेको एक चड्कनलाई उनले अझैसम्म पनि भुलेका छैनन् ।
अब त धेरै उनको विषयमा विश्लेषण गरिरहनु पर्दैन होला तर चिटिङको प्रशंग पनि उनले उठाए । कही चिटखोर खुल्ला रूपमा पास भइरहँदा उनी जानी–जानी नजानी चिट चोर्ने र अरूलाई पनि सहयोग गर्ने यात्रामा थिए । साथीले उनलाई कम्मरदेखि छातिसम्म चिट राखिदिन्थे । उनले खुलस्त रूपमा टेबल मै राखेर हाकाहाकी त्यो सहार्दे । अनि त्यसैको दोस पनि उनी आफैले लिन्थे । किनकि खुलेआम टेबलमा उत्तरपुस्तीका र चिटसँगै राख्ने र लेख्ने भन्ने विषयमा उनी जानकार थिएनन्, त्यसैले स्कुलका प्राचार्यबाट उनले झापट खाए गालामा । त्यसपछि मात्रै उनी चिटका विषयमा धेरै गम्भीर पनि बनेका छन् । अध्ययनले माधै मान्छे खारन्ख्छि भन्ने उनको मान्यता छ । चिट चोर्दा र चोराउँदा उनले शिक्षक गहेरा पण्डितलगायतका शिक्षकबाट खाएको थप्पडलाई पनि कहिल्यै बिर्सेका छैनन् । किनकि गेहराज अहिले जहाँ भए पनि गोपिन्द्रका गुरु नै हुन् । यद्धपि दामोदर कुनै निकायमा उच्च पदस्त होला ।
खुसीका त अनगिन्ति छन् गोपिन्द्रसँग । अहिले उनी साहित्यिक अभियन्तामा दर्जा पाएका छन् । शब्दको विश्लेषण गरी जहाँ चल्तीमा जुन शब्द बोलिन्छ, त्यही अभियानमा जोडिएका छन् गोपिन्द्र । त्यसैले त उनको साहित्यिक यात्रा नवरत छ । अर्थात् उनले फेरि भेटौला भन्दै विगत मार्न पनि खोजे तर समग्रमा बिट मार्नै सर्जक उनी होइनन् । हँदा खाने र नहुँदा नखाने पात्र पनि होइनन् । किनकि सर्जक एक छाक नलाई पनि सिर्जना गर्न सक्छ भन्नेमा पनि गोविन्द्र विश्वस्त छन् ।
गाई चराउँदै गर्दा प्राथमिक शिक्षा अध्ययन गर्न नपाउनुमा उनको पारिवारिक धरातलका सन्दर्भमा यो अङ्कमा कुनै उल्लेख गर्न चाहिन पनि तर समग्रमा गोपिन्द्र पौडेल दाङका गहना हुन् । सर्जक हुन । अनि कमरेडमा नाम गरिएनदेखि वैदेशिक यात्राका निवन्त्र लेखेर पनि लेखक संघ र राप्ती साहित्य परिषद्मा पनि दरिएका साहित्यकार हुन् । उनका विदेश भ्रमणका बेला अनुमन्धित कृत्यले सबैलाई अपनत्व पनि गराएका छन् ।
त्यो त उनका खुसीका अविस्मरणीय क्षण समाज परिवर्तन र सिस्टम परिवर्तनका लागि पनि जोडिएका छन् । उनको एउटै अभियान भनेको कला संस्कृति अनि श्रेष्टाको सम्मान अनि मुलुको आर्थिक समृद्धि पनि हो । खासमा डाक्टर गोविन्द्र एउटा यस्तो श्रेष्टा हुन उनले साहित्यमार्फत् पनि मुलुकलाई समृद्धि दिन सकिन्छ भन्छन् । उनका लेखनी अब प्युठान जिल्लाको धार्मिक धरोहर स्वर्गद्वारी र नौबहिनि गाउँपालिकाको खोठिभरसम्मका आवाजका सन्र्दभमा जोडिने छ ।
उनी त्यो कोठिभिरको खठोर यात्रा पनि गर्ने छन् । अनि सरकारलाई भन्ने छन् कोठिभिरको महत्व र स्वर्गद्वारीको आधार स्तम्भका विषयमा । यी विषयमा कृति लेख्नै आएका छन् डा गोपिन्द्र । अनि उनको अर्को चाँसो पनि छ । जुनबेला उनी स्कुले कक्षामा अध्ययन गर्दै थिए, त्योबेला थाहै नपाए उनले परीक्षामा चिट सारे, अनि आफ्नो कापी अर्कालाई पनि लेख्न दिए । त्योबेला उनले दुई थप्पड पनि पाएका थिए । त्यसैले गुणस्तरीय शिक्षामा पनि उनले निरन्तर निगरानी राख्ने बताएका छन् । किनकि त्रिवि व्यवस्थापन उनले खलप्पै बुझेका छन् ।