कृषि, व्यापार, पर्यटन प्रवद्र्धन र कला संस्कृति संरक्षणका लागि महोत्सव : अध्यक्ष भण्डारी [अन्तर्वार्ता]

पछिल्लो समयमा दाङमा विभिन्न मेला महोत्सव सुरु भएका छन् । जिल्लाका विभिन्न स्थानमा परम्परागत तथा पर्वसँगै उद्योग पर्यटन, कृषि सम्बन्धी व्यापारिक मेला महोत्सव पनि लाग्न सुरु गरेका छन् । तुलसीपुरमा पनि तुलसीपुर चेम्बर अफ कर्मशले आगामी फागुन १ गतेदेखि १६ गतेसम्म दोस्रो तुलसीपुर महोत्सव लगाउन लागेको छ ।
चेम्वरले यसभन्दा पहिले एक पटक महोत्सव लगाइसकेको छ । कृषि, व्यापार, पर्यटन प्रवद्र्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन महिनामा १६ दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको छ । तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा सञ्चालन गर्न लागेको महोत्सव किन र कसरी लगाइदै छ । महोत्सवको औचित्य र यसको फाइदा लगायतका विषयमा महोत्सव मुल आयोजक समितिका संयोजक चेम्वर अफ कर्मशका अध्यक्ष ऋषिराज भण्डारीसँग गोरक्षकर्मी बालाराम खड्काले गरिएको सक्षिप्त कुराकानि ।
यहाँलाई स्वागत छ सातावार्तामा ?
धन्यवाद यहाँ अनि यहाँको पत्रिकालाई मेरा कुरा आम नागरिक समक्ष राख्ने अवसर दिएकोमा ।
मेला महोत्सव लगाउँदा हुने फाइदा र बेफाइदा के हुन् ?
महोत्सव भनेको यहाँको कृषि पर्यटन, व्यवसायी प्रवद्र्धनका लागि हो । यसमा सबैलाई फाइदा पुग्छ । हामीले पहिलो प्राथामिकता यहाँको कृषि स्थानीय व्यवासायीलाई दिने भनेर भनेका पनि छौँ । यहाँ उत्पादन भएका कृषि सामग्री, कृषकले उत्पादन गरेका बस्तु बजारीकरण हुन्छ । त्यसका साथ साथै हामीले यहाँका व्यवसायीहरूलाई स्टल राख्नका लागि पहिलो प्राथमिकता पनि दिने भनेका छौँ ।
समग्रमा मेला महोत्सव लगाउँदा बेफाइदाभन्दा पनि फाइदा नै हुन्छ । किन भने व्यवसाय भनेको खरिद गरेर ल्याएका बस्तुहरूको बिक्री मात्रै होइन, कृषि तथा अन्य विविध स्थानीय उत्पादन र कलासंस्कृतिको प्रचारप्रसार गरेर त्यसलाई आय आम्दानीसँग जोड्नु पनि व्यवसाय हो । त्यसका लागि मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्छ । त्यस्तै कलाकारिता क्षेत्रमा पनि यसको प्रभाव रहन्छ ।
मेला महोत्सवमा स्थानीयस्तरका कलाकारले प्रस्तुती राख्ने अवसर पाउँछन् । जसले उनीहरूमा भएको क्षमताको आधारमा अवसर सिर्जना गर्न मद्दत पु¥याउँछ । बेफाइदाको कुरा गर्दा मेला महोत्सव चलिरहेको बेला केही समय बजारमा समस्या हुन्छकि भन्ने हो तर झन चहलपहल बढ्छ जस्तो लाग्छ । केही समस्या देखिनु स्वाभाविक हो तर त्यसले दीर्घकालीन रूपमा प्रभाव पार्दैन बरू स्थिर रहेको बजारलाई चलायमान बनाउन भूमिका खेल्छ जस्तो लाग्छ ।
महोत्सव केला लागि र किन ?
महोत्सव यहाँको स्थानीय बस्तुको बजारीकरण, पर्यटकीय धार्मिक स्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्नका लागि हो । महोत्सवमा कृषिजन्य बस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तीय सूचना प्रविधिको प्रदर्शनी हुने छ । यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने छ । महोत्सव विशेष गरी यहाँको बजारीकरण कला संस्कृतिको संरक्षणन कै लागि हो ।
यो महोत्सवको आकर्षण के–के हुन् ?
यो महोत्सवको आक्रर्षण कृषि उत्पादन, दाङको कला संस्कृति, भेषभुसा दाङका प्रशिद्ध पर्यटकीय क्षेत्रहरू प्रचारप्रसार कृषि औजार दाङमा पहिलो पटक जलपरी, फिसेज प्रदर्शनी राखिने छ यही नै हुन् ।
संघ संस्थाले मेला महोत्सव लगाउने तर महोत्सव व्यक्तिलाई ठेक्कामा दिइन्छ भन्ने छ ? यो मेला पनि ठेक्का मै दिएको हो ?
मेला ठेक्कामा दिएको होइन, बाहिरी काम गर्नलाई सेक्टर वाइज काम दिएको हो । आयोजक तुलसीपुर चेम्वर अफ कर्मश हो ठेक्का दिएको भन्ने कुरा नबुझिदिन म सबैलाई आग्रह गर्न चाहान्छु ।
महोत्सव मनोरञ्जनका लागि लागि मात्र होकी अन्य केही उद्देश्य छन् ?
एउटा कुरा त मैले पहिले भने महोत्सव खाली मनोरञ्जनका लागि मात्र हुँदैन विभिन्न उद्देश्य हुन्छन् । मनोरञ्जन पनि एकपाटो होला तर हामीहरूले यहाँको सबै क्षेत्र चलायमानका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यहाँको कृषि उत्पादनदेखि लिएर कला संस्कृतिको संरक्षण प्रचारप्रसारदेखि अन्य कुराको प्रवद्र्धन र बजारीकरण गर्ने हो । त्यस्तै तुलसीपुर चेम्वर अफ कर्मशको आफ्नो सुविधा सम्पन्न भवन बनाउने उद्देश्य पनि रहेको छ ।
स्थानीय कला संस्कृति संरक्षण भन्ने गरिन्छ तर यसलाई प्राथमिकता दिइने किन ?
हजुरहरू सबैले प्रत्यक्ष निगरानी गर्न सक्नुहुन्छ । तपाईले भने जस्तो स्थानीय कला संस्कृति संरक्षणका लागि स्थानीय कलाकारलाई प्राथमिकतामा राख्ने छौँ । स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुती पनि राख्न पाउनु हुनेछ । हामीहरूले सबै कुरा स्थानीयलाई नै पहिलो प्राथमिकतामा राख्ने पनि भनेका छौँ । चाहे त्यो कला संस्कृति होस् वा कृषि उत्पादन, कृषि औजारदेखि अन्य सबै कुराहरूले यहाँ प्राथमिकता पाउने छ ।
म तुलसीपुर उपमहानगरपालिका–१९ वटै वडाका सम्पूर्ण दाजुभाइ दिदिबहिनि तथा आम नागरिकलाई यस महोत्सवमा आएर आफ्नो कला संस्कृति आफ्नो उत्पादनलाई बढवा प्रोत्साहन गर्नुहोस् । त्यस्तै हाम्रो बृहत सोभायात्रा पनि हँुदैछ । यसमा सहभागिताका लागि प्रत्येक टोल संस्था, विद्यालय, गाउँपालिका सबैलाई सरिक हुन पनि अनुरोध गर्दछाँै । यसमा हामीहरूले पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।
महोत्सव सञ्चालन गर्न २५ लाख राजस्व बुझाउनु भयो किन ?
हामी नीति नियम र कानुन मान्ने संस्था हो । तसर्थ स्थानीय सरकारले महोत्सव सञ्चालन गर्न अनुमतिका लागि २५ लाख तिर्नु पर्ने नियम बनाएसँगै हामीले त्यो दिन तयार भएका हौँ । यो हामीले तिरेको पैसाले स्थानीय सरकारले सही सदुपयोग गरोस् र आगामी दिनमा पनि अरू संघ संस्थालाई यही नियम कानुन लागु होस् भन्न म चाहान्छु । हामीले स्थानीय सरकारले बनाएको नियमलाई पालना गर्नुपर्छ भनेर २५ लाख राजस्व बाफत तुलसीपुर उपमहानगरपालिकालाई बुझाएको हो ।
केही व्यवसायी त महोत्सवको विरोध गर्नुभएको छ नि ?
त्यस्तो विरोध भएको जस्तो मलाई लाग्दैन । यहाँका स्थानीय व्यवसायीलाई स्टल भाडाका लागि पनि हामीले छुट दिने भनेर निर्णय गरिसकेका छौँ । धेरै व्यवसायीले स्टल पनि बुकिङ पनि गरिसक्नु भएको छ । हामी आफै व्यवसायीहरूको छाता सङ्गठन भएकाले व्यवसायीको हित विपरित हामी जाने कुरा हुँदैन । सबैलाई सबै कुरा सत प्रतिशत राम्रो नलाग्न सक्छ । आफ्नो विचार मेला लाग्नु हुन लाग्नुपर्छ भन्ने तर्कवितर्क छ होला त्यसमा हामीलाई केही भन्नु छैन आफ्ना विचारहरू कुराहरू राख्न पाउनु हुन्छ तर तपाईले भने जस्तो महोत्सवको विरोध भएको जस्तो लाग्दैन ।
अन्तमा केही भन्नु छ ?
अन्तमा महोत्सवको विषयमा आफ्ना भनाइहरू राख्न दिएकोमा म धन्यवाद दिन चाहन्छु यहाँको मिडियालाई । तुलसीपुरमा यही फागुन १ गतेदेखि सुरु हुन लागेको महोत्सव तुलसीपुर चेम्वरले आयोजना गरेको भए पनि यो समस्त दाङबासीको हो । महोत्सव चेम्वरको भवन निर्मार्णाथ गर्न लागेको भएकाले यहाँका राजनीतिक दल, नागरिक समाज, पत्रकार आम आमाबुवा दाजुभाइ दिदिबहिनि कर्मचारी प्रशासन सबैले सहयोग गरी मेला सफल बनाउन सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राख्न चाहान्छु ।
साथै महोत्सवमा सबैले आफ्नो क्षेत्रबाट सहयोग गरी सक्रिय सहभागिता जनाई आफूहरूले उत्पादन गरेका हस्तकला, अन्य बस्तु प्रदर्शनी गरी व्यापार व्यवसायलाई प्रवद्र्धन र दाङको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सबैले सहयोग गर्नुहोस् भन चाहान्छु । एक पटक सबैले महोत्सवको अवलोकन गरिदिनु हुनेछ भन्ने पनि हामीहरूले आशा गरेका छाँै । साथै महोत्सव सुरु हुन केही समय बाँकी रहेकाले पनि यसमा केही सल्लाह सुझाव र महोत्सवलाई सव्य भव्य बनाउन आफ्नो सुझाव हामीलाई दिन पनि म यही पत्रिकामार्फत् आग्रह गर्न चाहान्छु ।