कांग्रेसलाई जनताका मुद्दासँग जोडिन अपिल

गोरक्ष समाचारदाता
दाङ, २३ माघ । नेपाली कांग्रेस प्रदेश सभा दाङ क्षेत्र नम्बर २ (ख) ले आफू अन्तर्गतका वडाहरूमा प्रशिक्षण कार्यक्रमको थालनी गरेको छ । मङ्गलवार घोराही उपमहानगरपालिका– १० नारायणपुरबाट बडा स्तरीय प्रशिक्षण अभियान सुरु गरेको हो ।
अब क्रमशः सबै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी जनताका मुद्दामा पार्टीलाई जोडी पार्टीका पक्षमा जनमत निर्माण गर्ने र कार्यकर्तामा प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिइएको त्यस क्षेत्रका पार्टी सभापति अभियान बस्नेतले जानकारी दिएका छन् । सभापति बस्नेतको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा मङ्गलवार भएको वडा स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जनताका मुद्दासँग जोडिन अपिल प्रमुख अतिथि पाण्डेले जनताका मुद्दामा सचेत र कर्तव्यनिष्ठ कार्यकर्ता रहेको पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताए ।
उनले कांग्रेसको गौरवमय इतिहासमा इँटा थप्ने गरी काम गर्न अपिल गर्दै एकताबद्ध पार्टी निर्माणको दिशामा लाग्न सबैलाई आग्रह गरे । कार्यक्रमका अन्य वक्ताले कांग्रेसलाई सशक्त एवम् चलायमान पार्टी बनाउन क्रियाशील सदस्यलाई चलायमान बनाउनुपर्ने बताएका थिए । क ा र्य त्र m म क ा े प्रशिक्षकमा नेपाली कांग्रेस महासमिति सदस्य बिमला योगी र पार्टीका पूर्व जिल्ला सदस्य विपुल पोख्रेल रहेका थिए ।
उपसभापति ज्ञानबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटनसत्रमा नेपाली कांग्रेसका दाङ जिल्ला सचिव बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि दीपक पाण्डे, प्रदेश सभा २(२) का उपसभापति एवम् प्रशिक्षण संयोजक शरद समिप, प्रशिक्षण शाखा संयोजक गोविन्दप्रसाद न्यौपानेलगायतले पार्टी जीवनमा प्रशिक्षणको महत्वबारे बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रदेश सभा सचिव प्रह्लाद देवकोटाले गरेका थिए । प्रदेश सभा २ (२) का अन्य वडामा पनि प्रशिक्षणका लागि तयारी भइरहेको जानकारी उपसभापति शरद समिपले दिए ।