calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

अर्गानिक उत्पादनमा जोड गरौँ : मुख्यमन्त्री आचाय

गोरक्ष समाचारदाता
दाङ, २३ माघ । लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यन्न, तरकारी तथा फलफूल उत्पदानका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर सम्बोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । अम्बिकेश्वरी व्यावसायिक तरकारी खेती कृषक समूहसँग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

खाद्यन्न तथा तरकारी उत्पादनमा रासायनिक मल र विषादीको प्रयोगलाई घटाउँदै जैविक मल र जैविक विषादीको प्रयोग बढाएर अर्गानिक उत्पादन बढाउने गरी प्रदेश सरकारले सम्बोधन गर्ने बताए । तरकारी बजार तथा सब्जमण्डीहरूमा बिक्रीवितरणका लागि राखिएका तरकारीको विषादी परीक्षणको व्यवस्था मिलाउने गरी कार्यक्रम बनाउन समेत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिए ।

किसानले भारतबाट आउने तरकारीमा अत्यधिक विषादी हुने गरेको गुनासो गर्ने गरेका छन् । सीमा नाकामा सङ्घीय सरकारले विषादी परीक्षण गर्दै आएको र त्यो कामलाइ थियो । अहिले पनि हामीले यसमा ध्यान दिन्छौँ’, उनले भने भने, ‘सीमानाबाट हुने तरकारी, दुध, खसी–बोका, कुखुराको तस्करी रोक्नका लागि विशेष पहल भएको छ । अहिले यसमा कमी आएको छ ।’ भैरहवा, कृष्णनगर, नेपालगन्जको नाकामा विषादी परीक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानले माग राखेका थिए ।

घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना अम्बापुरका किसानले व्यावसायिक रूपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएका छन् । प्रदेश सरकारले जैविक मल, जैविक विषादी तथा सिँचाइका लागि सहयोग गर्ने गरी थप कार्यक्रम बनाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री राजु खनालले किसानलाई हौसला थप्न आवश्यक रहेको बताए ।

दाङमा कृषि उत्पादनका लागि सिकाइको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै खनालले कृषिजन्य उद्योगले दाङको समृद्धि हुने बताए । रैथाने खेतीतर्फ किसानलाई उत्प्रेरित गर्ने खालका योजना ल्याउने पनि खानालले सुझाए ।