calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

कांग्रेस सभापति देउवा दाङ आउँदै,थारु समुदायलाई सम्वोधन गर्ने

दाङ, २३ माघ । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवा दाङ आउने भएका छन् । महटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारूहरूलाई पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । थारू सांस्कृतिक सङ्ग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्नेछ ।

महटावाँ, बरघर, भलमन्सा संघका केन्द्रीय अध्यक्ष एवम् लुम्विनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार थारू भाषा, कलासंस्कृतिको कांग्रेस सभापति देउवा दाङ आउँदै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दुईदिने महोत्सव आयोजना गर्न लागिएको हो । ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूलनाराका साथ कार्यक्रमको आयोजना हुन लागेको हो ।

महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाँच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिए । मघौटा, छोक्रा, हुर्डुङ्ग्यालगायत चार दर्जनभन्दा बढी नाँच प्रस्तुत हुने उनको भनाइ छ । यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारूलगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ ।

थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुँगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचारलगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उनले जानकारी दिए । सोही अनुसार थारू भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरू, थारू हस्तकलालगायत बिक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताए । महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभूषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् । महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला हजारौँ महटावाँ, बरघर (भलमन्सा), ककन्डर्वालगायत थारू समुदायको उपस्थिति रहनेछ ।