calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

घोराही–१९ मा बिद्यार्थीलाइ शैक्षिक सामग्री सहयोग

दाङ, २२ माघ । घोराही उपमहानगरपालिका–१९ का युवाहरु मिलेर खोलिएको बचत समूहद्वारा २०८१ मा खेलिएको भैलो कार्यक्रमबाट विद्यार्थीलार्इ शैक्षिक सामग्री सहयोग गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा न १९ मा रहेका २ बिद्यायलयहरु सिदार्थ प्रावि बोल्दी र पृथ्वी प्राबि आम्धारामा सैक्षिक सामग्री सहयोग गरिएको हो । एक सय १६ जना विद्यार्थीहरुलाइ कापी, कलम, पेन्सिल इलेजर प्रदान गरिएको थियो ।

उक्त अवसरमा रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदिप सुवेदीले व्यक्तिगत रुपमा समेत केही शैक्षिक सामग्री सहयोग गरेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खत्रीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा दाजुभाइ बचत समुहका अध्यक्ष गोरबहादुर खत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवी बमबहादुर खड्का, यज्ञराज खत्रीलगाएतकाले भनाइ राखेका थिए । सिदार्थ प्रावि बोल्दिमा अक्षकोष स्थापना गरेका यज्ञराज खत्रीलाई विद्यालयले सम्मान गरेको थियो । कार्यक्रमको सजिकरण सिदार्थ प्रावि बोल्दिका प्रअ मेनुका शर्मा तथा पृथ्वी प्रावि आम्धाराका प्रअ टंकप्रसाद ज्ञवाली गरेका थिए । कार्यक्रममा बमबहादुर खड्काले बिपन्न बाल बालिकाहरुलाइ थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।