Goraksha

National Daily

सामाजसेवीद्वारा वृद्ध महिलालाई सहयोग

छबिलाल न्यौपाने

बंगलाचुली,२२ माघ । बंगलाचुली गाउँपालिका–४ निवासी दृष्टिविहीन ८० वर्षीया एकल महिला घनी परियारलाई स्थानीय समाजसेवी युवाहरुले सहयोग गरेका छन् ।

बंगलाचुली गाउँपालिका–४ फाँटा निवासी मेगबहादुर परियारकी श्रीमती घनी परियारलाई गहतेराका युवा व्यवसायी बिक्रम डाँगी र पुरुङका निवासी छबिलाल न्यौपानेले संयुक्त रूपमा सहयोग गरेका हुन्।

सहयोग सामग्रीमा चोली, गुन्यो, सिरानी, बलाङ्केट, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरू रहेका छन्। जाडो मौसममा वृद्ध महिलालाई राहत पुर्याउने उद्देश्यले गरेका हुन । वृद्धवृद्धाप्रति समाजको दायित्व र सामाजिक एकताको भावना झल्काउने उद्देश्यले गरिएको सहयोगले समाजमा प्रेरणा दिने अपेक्षा गरिएको छ।

दुई छोराहरु मध्ये जेठो अपांग भएको र कान्छो भारत कमाउन गएपनि पैसा नपठाउँदा घरिवार चलाउन समस्या पर्दै आएको छ । युवा समाजसेवी छविलाल न्यौपानेको पहलमा सहयोग गरिएको हो । घनि परिवारका श्रीमानको पहिले मृत्यु भएको थियो ।