calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

शिक्षक संघ महिला विभागको अभिमुखीकरण

गोरक्ष समाचारदाता
दाङ, २१ माघ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति दाङ महिला विभागले शिक्षकहरूका लागि नेतृत्व क्षमता तथा पेसागत सिप विकाससम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दाङ जिल्लाका १० वटा स्थानीय तहका महिला विभाग संयोजकसहित करिब ८० जना महिला शिक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति दाङ महिला विभाग संयोजक चित्रकला आचार्यको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमारी योगीले नेपाली कांग्रेस र नेपाल शिक्षक संघ बिचको अन्तरसम्बन्ध, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमितिका उपाध्यक्ष रमेशकुमार पाण्डेले नेपाल शिक्षक संघ स्थापना गर्नुको उद्देश्य, नेपाल शिक्षक महासघ दाङ जिल्ला अध्यक्ष युवराज बस्नेतले महासंघको आसन्न आन्दोलन सम्भावना र चुनौती, नेपाल शिक्षक संघ दाङ जिल्ला अध्यक्ष प्रकाश डाँगीले नेपाल शिक्षक संघको हैसियतले शैक्षिक गुणस्तर, शिक्षकको हकहित, सामाजिक उत्तरदायित्व, अभिभावक र विद्यार्थीप्रति दायित्व, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य लेबेन्द्र केसीले शिक्षकको पेसागत मर्यादा कसरी जोगाउनेलगायतका विषयमा भनाइ राखेका थिए ।

कार्यक्रममा सहजकर्ताको रूपमा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले शिक्षकको नेतृत्व क्षमता विकास र शिक्षा युवा तथा खेलकुद शाखा राजपुरका प्रमुख केशव लम्सालले शिक्षकको पेसागत सिप विकास शीर्षकमा रहेर सहजीकरण गरेका थिए । महिला विभाग सदस्य बिमला उप्रेतीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला विभाग सचिव लक्ष्मी न्यौपानेले गरेकी थिइन् ।