calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

तुलसीपुरमा महोत्सव सञ्चालन हुने

गोरक्ष समाचारदाता
दाङ, २१ माघ । तुलसीपुर महोत्सव हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फाुगन १ देखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ सञ्चालन हुन लागेको हो ।

चेम्बरले आइतवार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रवर्धन र कलासंस्कृति संरक्षणका लागि आगामी फागुन १ देखि १६ गतेसम्म महोत्सव सञ्चालन गर्ने जानकारी गराएको छ । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले चेम्बरको आफ्नै भवन निर्माणार्थ आगामी फागुनमा महोत्सव लगाउन लागिएको बताए । महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा सञ्चालन हुन लागेको हो । स्थानीय वस्तुको बजारीकरण, पर्यटकीय स्थलको प्रचारप्रसार र स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको उनले बताए ।

अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, हस्तकला, अटोमोबाइल्स, मेसिनरी तथा वित्तीय सूचना प्रविधिको प्रदर्शनी हुनेछ । यसैगरी विभिन्न जातजातिको खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेशका लागि १०० रुपैयाँको टिकट लाग्ने छ भने ७० वर्ष माथिका ज्येष्ठ नागरिकले निःशुल्क प्रवेश पाउने र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

चेम्बरले तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजस्व बुझाएर महोत्सव सञ्चालनको अनुमति लिएको हो । महोत्सवमा स्थानीय व्यवसायीलाई २० प्रतिशत छुटमा स्टल प्रदान गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले महोत्सव सञ्चालन अनुमतिका लागि लिने राजस्वमा आगामी दिनमा कमी गराउन नहुने अध्यक्ष भण्डारीले बताए । बरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव दुर्गाप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष टोपबहादुर घर्तीलगायतले धारणा राखेका थिए भने पत्रकारले महोत्सवबारे जिज्ञासा राखेका थिए ।