calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

सहिद स्मृतिले जित्यो राष्ट्रपति रनिङ शिल्ड

लक्ष्मण बस्नेत
तुलसीपुर, २० माघ । तुलसीपुर नगरस्तरीय छैठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को रनिङ शिल्ड सहिद स्मृति आवासिय माध्यामिक विद्यालय तुलसीपुर–१७ वनकट्टीले जितेको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर माध्यमिक विद्यालय उरहरीको व्यवस्थापन संयोजनमा भएको प्रतियोगितामा १० स्वर्ण, १० रजत र ५ काँस्य पदक हात पार्दै सहिद स्मृति माविले रनिङ शिल्ड जितेको हो ।

यसैगरी ९ स्वर्ण, १२ रजत र ११ काँस्य पदकका साथ साविक विजेता गोरखा मावि तुलसीपुर दोस्रो, पब्लिक ज्ञानज्योति तुलसीपुर ८ स्वर्ण, १२ रजत र १४ काँस्य पदक हात पार्दै तृतीय भए । यसैगरी गुरु जजुर नमुना मावि रक्षाचौर ७ स्वर्ण, ८ रजत, ३ काँस्य पदकका साथ चौथो, मावि तुलसीपुर सेन्टर ७ स्वर्ण, ३ रजत, १० कास्य पदक हात पार्दै पाँचौ र ६ स्वर्ण, ५ रजत र ६ काँस्य पदक हात पार्दै ग्रेट अरनीको मावि तुलसीपुर छैठौँ हुन सफल भए । प्रतियोगितामा भलिबल छात्र भलिबलतर्फ ग्रेट अरनीको मावि प्रथम, पब्लिक ज्ञानज्योति मावि द्वितीय, गुरु जजुर र महेन्द्र मावि तुलसीपुर तृतीय भए । छात्रा भलिबलतर्फ मावि तुलसीपुर सेन्टर प्रथम, ग्रेट अरनीको द्वितीय, पब्लिक ज्ञानज्योति मावि तुलसीपुर र जनप्रिय बोर्डिङ स्कुल बालापुर तृतीय भए ।

भलिबल छात्रमा ग्रेट अरनीको माविका निश्चल सुनार र छात्रामा गुरु जजुर माविका यशोदा पुन उत्कृष्ट खेलाडी भए । त्यस्तै कबड्डी छात्रतर्फ मावि कालाखोला प्रथम, गुरु जजुर मावि द्वितीय, ग्रेट अरनीको र महेन्द्र मावि तुलसीपुर तृतीय भए । त्यस्तै छात्रातर्फ गुरु जजुर मावि प्रथम, ग्रेट अरनीको द्वितीय, महेन्द्र मावि तुलसीपुर र शान्ति मावि नवलपुर तृतीय भए । कबड्डी छात्रमा मावि कालाखोलाका गणेश विक र छात्रामा गुरु जजुर माविका दुर्गा नेपाली उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी एथलेटिक्सतर्फ जनप्रिय बोर्डिङ स्कुल प्रथम, गुरु जजुर मावि द्वितीय र मावि तुलसीपुर सेन्टर तृतीय भए । एथलेटिक्स विधाको छात्रतर्फ जनप्रिय बोर्डिङ स्कुलका कृष्ण विक र छात्रातर्फ मावि तुलसीपुर सेन्टरका कमला वली उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी कराँते विधामा गोरखा मावि तुलसीपुर प्रथम, गुरु जजुर मावि द्वितीय र साधना पाठशाला तृतीय भए । कराँते छात्रमा मावि तुलसीपुर सेन्टरका सागर सुवेदी र छात्रामा गोरखा मावि तुलसीपुरका सञ्जु नेपाली उत्कृष्ट खेलाडी घोषित भए । तेक्वान्दो विधामा मावि कालाखोला प्रथम, पब्लिक ज्ञानज्योति द्वितीय र ग्रेट अरनीको मावि तृतीय भए । तेक्वान्दो छात्रमा जनकल्याण मावि दुधरासका निश्चल नेपाली र ग्रेट अरनीको माविका ललिता नेपाली उत्कृष्ट खेलाडी भए । उसुतर्फ सहिद स्मृति मावि प्रथम, पब्लिक ज्ञानज्योति द्वितीय र गोरखा मावि तुलसीपुर तृतीय भए । उसु छात्रतर्फ सहिद स्मृतिका सिमसन रावत र छात्रातर्फ सहिद स्मृतिकै अनुजा बुढा उत्कृष्ट खेलाडी भए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम प्रतियोगिताका सचिवालय प्रमुख तथा अमर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको प्रमुख आतिथ्य एवम् तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी र वडा नं. ११ का अध्यक्ष मानबहादुर रावतको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा अतिथिहरूले रनिङ शिल्ड विजेता, उपविजेता, तृतीय हुने विद्यालय र विधागत खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय, खेलाडी तथा सर्वोत्कृष्ट खेलाडीलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथि नगर प्रमुख खड्का, उपप्रमुख चौधरीसहित दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य, तुलसीपुर उपमहानगरपालिका–११ का अध्यक्ष तथा प्रतियोगिता मूलआयोजक समितिका सदस्य मानबहादुर रावत, वडा नं १८ का अध्यक्ष माधव वली, वडा नं ६ का अध्यक्ष दुज्मान भण्डारी, अमर मावि उरहरीका प्रधानाध्यापक पदमबहादुर वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । माघ १५ गतेबाट सञ्चालित प्रतियोगितामा तुलसीपुर नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय गरी ४३ विद्यालयको सहभागिता रहेको थियो ।

अमर मावि उरहरीका शिक्षक तथा सचिवालय सदस्य यज्ञबहादुर अधिकारीले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतले प्रतियोगितालाई पूर्णरूपमा सफल बनाउन महत्वपूर्ण सहयोग पु¥याउने सहयोगी दाता, राजनीतिक दल, सुरक्षाकर्मी, नगर प्रहरी, विभिन्न उपसमिति, संघसंस्था, टोल विकास संस्थालगायत सबैमा आभार तथा धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा विभिन्न कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।