calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु

दाङ,१९ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता दाङमा सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा फागुनमा हुन गइरहेको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि दाङमा खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । छनोट प्रतियोगिता शनिबारदेखि घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट रंगशालामा सुरु भएको हो ।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा मैदान उपभोक्ता समितिका सस्थापक अध्यक्ष लुकबहादुर केसीको प्रमुख अतिथ्यतामा छनोट प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

छनोट प्रतियोगितामा क्रिकेट संघ दाङमा आवद्ध भएका जिल्लाका नौ वटा क्लबहरुको सहभागिता रहेको छ । छनोट प्रतियोगिता ५० ओभरको हुने भएको क्रिकेट संघ दाङका सचिव सञ्जु केसीले जानकारी दिएका छन् । उद्घाटन खेल घोराही क्रिकेट एकेडेमी र त्रिसिद्देश्वरी क्लब तुलसीपुरबिच भएको छ ।