दंशीशरणमा राष्ट्रपति रनिङ शिल्डको उपाधि वीरेन्द्र माविलाई

गोरक्ष समाचारदाता
दंगीशरण, १९ माघ । दंशीशरणमा राष्ट्रपति रनिङ शिल्डको समापन गरिएको छ । रनिङ शिल्ड प्रतियोगिताको शुक्रवार एक औपचारिक कार्यक्रम बिच समापन गरिएको हो ।
दंगीशरणका संस्थागत र सामुदायिक गरी नौवटा विद्यालय रनिङ शिल्डमा सहभागि थिए । तीन दिनसम्म चलेको रनिङ शिल्डमा १९ स्वर्ण, पाँच काँस्य र तीन रजतसहित वीरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुली प्रथम, चार स्वर्ण, तीन काँस्य र नौ रजतसहित सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँ द्वितीय र चार स्वर्ण, तीन काँस्य र तीन रजतसहित ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुल तृतीय भएक हुन । कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले खेलकुदले बालबालिकाको स्वास्थ्य र समग्र विकासमा सहयोग पुग्ने बताए ।
खेलकुदलाई अनुशासन र लगनशीलताका साथ अगाडि लैजानुपर्ने बताएका थिए । भौतिक पूर्वाधार र मानवीय विकासलाइ सँगसँगै अगाडि लगेको उनले बताए । गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पुग्ने बताइन् । खेलकुदसँगै अनुशासन र लगनशीलतालाई विशेष ध्यान दिक आग्रह गरिन् ।
समापन कार्यक्रममा कर्यपालिका सदस्य टङ्की भण्डारी, श्रीधर शर्मा, गाउँपालिकाक प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, वडा नं. १ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता रमेश भण्डारीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण वीरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीका शिक्षक दिनेश रेग्मीले गरेका थिए ।