calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

माओवादी लमही नगर अध्यक्षमा श्रेष्ठ

दिवाकर पोख्रेल
देउखुरी, १९ माघ । नेकपा (मओवादी केन्द्र) लमही नगर अध्यक्षमा डिल कुमार श्रेष्ठ निर्वाचित हुन भएको छ । नेकपा (माओवादी केन्द्र) लमही नगरको तेस्रो अधिबेशनबाट श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय लमही नगर कमिटी निर्वाचित भएको हो ।

जस्को उपाध्यक्षमा कालुराम चौधरी,किशोर घर्ती र विश्व प्रकाश अधिकारी,सचिवमा कृष्ण घिमिरे,कोषाध्यक्षमा ननसरा विक सहसचिव सरस्वती भुसाल रहनु भएको छ । जेष्ठ प्रतिनिधि हेमराज सुवेदीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा भएको अधिबेशनको बन्दशत्रले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको निर्वाचन समितिका संयोजक भेषराज पोख्रेलले जानकारी दिनुभयो ।

नयाँ कार्समितिलाई बधाई दिदै प्रमुख अतिथि थारुले पछिल्लो पटक मओवादी प्रतिजनलहर नै माओवादीको सम्पत्ति भएको भन्दै पार्टी अब जनता तर्फ फर्केिएको बताउनुभयो । उहाँले पार्टी अहिले एकढिक्का भएर जनता केन्द्रित दिशामा लागि परेको कार्यकर्तालाई जनसेवामा जुट्न निर्देशन समेत दिनुभयो । उहाँले भन्नभयो, हामी केन्द्रबाट एकमतका साथ प्रस्ताव पास जनता केन्द्रित भएका छौ, सरकारमा भन्दा प्रतिपक्षमा बस्दा जनताले साथ दिएका छन,अब जनसेवा लाग्नु नै हाम्रो दायित्व हो।’

यस्तै कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य प्रकाश चौधरीले नगरको नेतृत्वले आगामि दिनमा जनसेवा र संङठन विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै प्रदेश सचिवालय सदस्य लक्ष्मि चौधरीले अबको समयमा जनताको समस्या बुझ्ने र हल गर्ने कार्यमा लाग्ने दावि गर्नुभयो। कार्यक्रममा जिल्ला सचिव विश्वराज आचार्य,प्रदेश कमिटिका सदस्यहरु हरि भट्टराई,अमर कुवंर,रामप्रसाद घिमिरे लगायतले प्रशिक्षणात्मक मनत्व्य ब्यक्त गर्नभएको थियो ।