calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

आज मनोनयन

नेपाली कांग्रेसले आज ११ः३० बजे उम्मेदवारी दर्ता गर्दै छ भने नेकपाले १२ः३० मा मनोनयन पत्र दर्ता गर्दै छ ।

अमरराज आचार्य

दाङ, २० कार्तिक । दाङमा हुने उपनिर्वाचनका उम्मेदवारहरुले आज मनोनयन गर्दै छन् । घोराही स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर उम्मेदवारहरु आफैले मनोनयन दर्ता गर्ने छन् । निर्वाचन आयोगले कार्तिक २१ गते प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र मंसिर १४ गते मतदान हुने तालिका यस अघी नै सार्वजनिक गरिसकेको छ ।

मनोनयनका लागि आज विहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । मनोनयन दर्तापछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म कार्यालयले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । त्यसैगरी २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २३ गते विहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरिने र सोही दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । २४ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय दिइएको छ ।

सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्मित नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ । कार्यालयले २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । यसैबीच नेपाली कांग्रेसले आज ११ः३० बजे उम्मेदवारी दर्ता गर्दै छ भने नेकपाले १२ः३० मा मनोनयन पत्र दर्ता गर्दै छ ।

दुबै पार्टीले जुलस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम तय गरेका छन् । ‘बिहान १० बजे घोराही स्थित पार्टी कार्यालयमा उपस्थित हुन सबै नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छौं’ कांग्रेस सचिव टेक बहादुर वलिले भने, ‘पार्टी कार्यालयबाट बृहत् ¥याली सहित मनोनयन गर्न जानेतयारीमा छौ ।’ नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले पनि ¥याली सहित मनोनयन गर्न जाने तयारी भएको बताए । ‘पार्टी कार्यालयमा जम्मा भएर धुमधामका साथ उम्मेदवारी दिन जानेछौ’ खड्काले भने ।