calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

खानेपानीको पहुँज सुनिश्चिता : मुख्यमन्त्री आचार्य

गोरक्ष समाचारदाता
देउखुरी, १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘एक घर एक धारा’को अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चितता गरेको बताएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्णायक तहमा महिलाको भूमिका विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको विहीवार भालुबाङमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले अघि बढाएको ‘एक घर एक धारा’को अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चितता गरेको उनको भनाइ छ । लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको जानकारी दिँदै अब सुरक्षित पानीको पहुँच सुनश्चितता गर्न प्रदेश सरकार प्रतिबद्ध भएको उनले बताए ।

‘प्रदेश सरकार स्थापना नहँुदा खानेपानीको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? यसमा तुलना गरौँ । जनतामा खानेपानी पु¥याउन प्रदेश सरकारले सघन योजनालाई अघि बढाएको छ’, उनले भने, ‘आधारभूत पानी मात्र होइन, स्वच्छ पानी पु¥याउने सङ्कल्प सरकारको छ ।’ सुरक्षित पानीको पहुँचमा नागरिकलाई पु¥याउने लक्ष्य सरकारले बनाएको मुख्यमन्त्री आचार्यको भनाइ छ । लुम्बिनी प्रदेशमा साना तथा ठुला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार छ सय ६३ जना शुद्ध खानेपानीको पहुँचमा पुगेको छ । दुई लाख ३७ हजार तीन सय ४८ धारा वितरण भएका छन् ।

चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक हजार तीन सय ९० आयोजना छन् । जसमा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको छ । अघिल्ला सरकारको पालामा सुरु भएका तर ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका एक सय ५६ वटा योजना यस वर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना सरकारले बनाएको छ । यी आयोजना सम्पन्न भएको खण्डमा सात लाख सात हजार थप उपभोक्तामा पानी पुग्ने आँकलन गरिएको छ । आगामी वर्ष ६० देखि ८० प्रतिशतसम्म काम सम्पन्न भएका योजनामा बजेट थप गरेर सम्पन्न गर्ने गरी योजना बनाइने जानकारी मुख्यमन्त्री आचार्यले दिए ।

‘जहाँ हात हाल्छौँ त्यहाँ सफलता प्राप्त हुन जरुरी छ । अधुरा आयोजनालाई पूरा गर्ने गरी सरकारले रणनीति बनाएको छ’, उनले भने, ‘संविधानले प्रदत्त गरेको खानेपानीको अधिकारलाई पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ मुख्यमन्त्री आचार्यले खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा महिलाको सहभागिता सुनिश्चितता भए पनि त्यसलाई अर्थपूर्ण बनाउन भूमिका बढाउनुपर्नेमा जोड दिए ।

सहरी क्षेत्रका खानेपानी संस्थामा महिलाको सहभागिता अर्थपूर्ण देखिए पनि ग्रामीण क्षेत्रका संस्थामा सहभागितामा मात्रै रहेको भन्दै उनले ग्रामीण क्षेत्रका संस्थामा सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।