calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

फोर्टिनाइन स्कुलमा निःशुल्क आँखा जाँच

गोरक्ष समाचारदाता
तुलसीपुर, १७ माघ । तुलसीपुर उपमहानगरपालिका–१७ रमाइलो गाउँ स्थित फोर्टिनाइन माध्यमिक विद्यालयमा विहीवार विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । उक्त विद्यालयको आसन्न वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ दाङ, राप्ती आँखा अस्पताल रक्षाचौरको आयोजनामा अस्पतालको ‘विद्यालय आँखा जाँच कार्यक्रम’ अन्तर्गत निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो ।

शिविरमा विद्यालयका प्रधानाध्यापक बामदेव पोख्रेलका अनुसार कक्षा २ देखि १० सम्मका विद्यार्थीको आँखा जाँच गरिएको थियो । आँखा परीक्षणमा करिब एक दर्जन विद्यार्थीलाई चस्मा प्रयोग गर्नुपर्ने देखिए तापनि ठुलो समस्या नभएको राप्ती आँखा अस्पताल रक्षाचौरका बाह्य कार्यक्रम संयोजक नेत्र सहायक रोहित कडायतले जानकारी दिएका छन् । अस्पतालले यो कार्यक्रम अन्तर्गत वार्षिक रूपमा केही विद्यालयमा निःशुल्क आँखा जाँच तथा आवश्यकता भएका विद्यार्थीलाई निःशुल्क चस्मा र औषधी समेत वितरण गर्दै आएको छ । कार्यक्रम अन्तर्गत विद्यालयका कम्तिमा पाँच सय विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको थियो ।

आँखा जाँच कार्यक्रममा बाह्य कार्यक्रम संयोजक कडायतसहित कार्यक्रम सहायक पूर्णबहादुर वली, प्राविधिकहरू लक्ष्मी गिरी, लक्ष्मी यादव, अञ्जली चौधरी, विकिता चौधरी एवम् सुवम पोख्रेलको सहभागिता थियो । विद्यालयले आँखा शिविरमा सहयोग गरेकोमा राप्ती आँखा अस्पताल रक्षाचौरलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि अस्पतालले यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने अपेक्षा गरेको छ ।