Goraksha

National Daily

नरकको यात्रामा देखिएका

गुरुप्रसाद शर्मा रेग्मी

ठुलो मन्दिरका ठुला पुजारी धार्मिक चारित्रिब, नैतिक सबै दउष्टिका सज्जन व्यक्ति भएकै कारणले होला उनलाई प्राणवायु निस्कनेबेला यमराजका दुतहरु लिन आए छन् । उनको आत्मालाई लिएर जान लागेको अवसरमा मृत आत्माले सोधे छन् ।

मलाई तिमीहरुले कहाँ लादै छौ । तपाईलाई स्वर्गमा लैजाने आदेश छ । बाबुहरु मेरो एउटा अनुरोध मान्नु होस् है । भन्नुस् । तपाईहरुले मलाई स्वर्गमा mानुभन्दा पहिले नर्क कस्तो हुँदो रहेछ । देखाई दिनुस् है । आत्माको अनुरोध मानेर नर्कको बाटोबाट देखाउँदै लैजाने भनेर नर्कको गेटबाट भित्र पसाले छन् । नर्कको गेटबाट भित्र पसको धर्मात्माले त ठुला–ठुला गेट भएका नर्कत्मा द्धारहरु देखे । त्यहाँ कुनै गेटमा अमेरिकन नर्क, जापानी नर्क, रसियन नर्क, लण्डनको नर्क, चाइनिज नर्क, नेपाली नर्क भनेर लेखेको देखे ।

पहिले उनी अमेरिकन नर्कमा गएर द्धार पालेलाई सोधेछन् । यहाँ के–के गर्ने व्यवस्थार अवस्था छ । यहाँ आउने पापात्माहरुलाई पहिले करेन्टको तावामा तताइन्छ । त्यसपछि फलामको काँटी भएको खाटमा सुताइन्छ । उनीहरुलाई जिवित रहनका लागि मात्र खान दिइन्छ तर उठ्न बस्न सुत्न पनि उनीहरुलाई ठुलो कष्ट भोग्नु पर्दछ । यही कठिन यातनाले गर्दा यहाँ आउने पापात्माहरुको संख्या ज्यादै पातलो हुन्छ । अमेरिकन लरफमा जे देखेका थिए त्यही अवस्था र व्यवस्था जापानी, रसियन, लण्डन, चाइनिज नर्कमा देखेमा धर्मात्माले नेपाली नरक छैन कि क्या हो भनेर सोधे छन् । यमदुतहरुले उनलाई नेपाली नर्कको गेटबाट भित्र छिराए छन् ।

नेपालको नरकमा पापात्माहरुको ठुलो भिड देखेर आश्चर्य चकित भएका धर्मात्माले यमदुतहरुसँग सोधे छन् । अरु सबै नर्कहरुमा पापात्माहरु पातको संख्या हुनु । नेपाली नरकमा पापात्माहरुको संख्या यति ठुलो हुनुको कारण के होला । धर्मात्माको प्रश्नको उत्तर दिँदै यमदुतले भने– अरु नरकभन्दा नेपालको नरकमा बढी भिड हुनुको मूल कारण हो प्रक्रिया र पद्धतिमा समन्वयन हुनु । नेपाली नरकमा पनि अरु नरकहरुको जस्तै प्रक्रिया छ र पद्धतिमा भने ठुलो अन्तर हुन्छ । अव्यवस्थाले गर्दा नेपाली नरकमा पनि करेण्टको तावामा तताइन्छ तर करेन्टको अनियमितता र अव्यवस्थाले गर्दा बिना करेन्टको तावामा सुताइन्छ ।

यसैगरेर पापात्माहरुलाई फलामका काँटी ढोकिएको खाटमा सुताइन्छ तर नेपलाी नरकको खाटका काँटी भ्रष्ट कर्मचारीले बेचिखाने भएकाले पापात्मालाई खाटमा सुत्दा कुनै पीडा हुँदैन । नेपालको नरकमा पापात्माहरुको लागि छुट्याइएको खाना कर्मचारीले आफ्नो घरमा लैजाने र मिसावट भएको निमुस्तरको खान दिए पनि यो पेट भरिदिने । उठ्दा, बस्दा, सुत्दा यातना दिने कर्मचारीहरु पनि अनुपस्थित हुने भएकाले यो नेपाली नरक पापात्मकहरुको लागि नाम मात्रको नरक हुने भएकाले यहाँ ठुलो भिड देखिन गएको हो ।

यो सुनेपछि धर्मात्माले भने– नाकस्मी यो दुरावस्थाबारे तपाईहरुलाई थाहा नभएको त अवश्य पनि हैन । थाहा भएर के गर्ने यहाँ खटिएकालाई केही भन्न र गर्न सकिँदैन । उनीहरुले भन्छन् हाम्रो अवस्था र व्यवस्थामा सङ्क्रमण गर्ने भनेर चिच्याउने भएकाले केही हुन नसकेको हो । केही हुनको लागि शिष्टममा सुधारको आवश्यकता छ भनेर धर्मात्मा स्वर्गतिर लागेछन् ।