calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

पहिलो पटक अत्याधुनिक प्रविधिवाट शिविरमा शल्यक्रिया

लमही,१२ पुस । बंगलाचुली गाउँपालिकामा पहिलो पटक आँखा शिविरमा अत्याधुनिक प्रविधि फेको बाट मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालको प्राविधिक सहयोग बंगलाचुली गाउपालिकाको आयोजना तथा सिलोम सेन्टर कोरिया र आईकेयरको आर्थिक सहयोगमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको हो ।

शिविरमा १९७ जनाको आँखा चेकजाँच र अत्याधुनिक प्रविधि फेकोबाट पहिलो पटक ६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । प्रा।डा प्रदिप बास्तोलाको नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको थियो । पहिलो पटक फेको प्रविधिबाट सेवा पाएकोमा सेवा ग्राहीहरुले खुसी व्यक्तगरेका थिए ।