प्राण आहुति दिनेका नाममा

भुवन पोख्रेल
हुँदै बिहान मिरमिरमा तारा झरेर नगए ।
बन्दैन मुलुक दुई चार सहिद मरेर नगए ।।
सहिद रोलान् हामीले राम्रो उन्नती नगरे ।
सबै मिलि देशको लागि प्रगति नगरे ।।
सहिदहरुलाई उच्च सम्मान गरी भूपि शेरचन कविका कविताका हरफसँग ज्ञान हज्ञात सहिदहरुको योगदानलाई स्मरण गर्न चाहन्छु । सहिद दिवस सार्वजनिक विदाको रुपमा मात्र चिनिनु विडम्बना हो । सहिद दिवस देशका लागि प्राण आहुति गरी जीवन उत्सर्ग गर्ने सहिदहरुको योगदानलाई उच्च मूल्याङ्कन गरी उनीहरुलाई सम्झने दिन हो । नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाइन्छ ।
राणा शासन विरुद्ध लडेका सहिदहरुको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका चार सहिदको विशेष सम्झना गरिन्छ । नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियाको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ४ सहिद लगायत सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली हुन्छ यतिबेला हामीले सहिदले देखाएको बाटोमा हिडेर उनीहरुले देखेका सपनालाई साकार पार्न सक्छौ ।
उम्रन बोट कसैले बिउ छरेर नगए भनेको त्यसै होइन । उनीहरुले झारेको लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्रको बिरुवालाई हामील हराफरा गराई ठुलो फल दिने रुख बनाउनु छ, त्यो जिम्मेवारी सहिदहरुले हाम्रो काँधमा सुम्पिएर गएका छन् । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन, जहाँनिया राणा शासन पञ्चायती व्यवस्था तथा राजतन्त्र विरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर नेपाल आमाका सच्चा सन्तानको स्मरण गर्दै सहिद दिवस मनाइन्छ ।
आफ्नो अमूल्य जीवनलाई देश र जनताको भलाईका खातिर समर्पण गर्नु नै सहादत हो । यो दिवसले र सम्वद्ध राजनीतिक दल, आमजनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको सपना र आकांक्षा साकार पार्न मनm बचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै छ । सहिद दिवसका अवसरमा देशका लागि र जनताका लागि जीवनकै आहुति देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिबद्धता जनाइन्तछ तर व्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागि वर्षमा एक पटक सम्झे जस्तो गर्ने प्रवृतिले सहिद दिवस औपचारिकताका सीमित हुने गर्दछ । देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौँ व्यक्तिले ज्यानको आहुति दिए तापनि सहिदका कयौ सपना अझै अधुरै छन् ।
अशिले नेपालमा अपराधिक समूहले हत्या गरेका, दोहरो झडपमा मारिएका, कालगतिले मरेकाm दुर्घटनामा मरेका व्यक्ति समेतलाई राजनैतिक दबाबमा सहिद घोषणा गरेको देख्दा सच्चा सहिदको योगदानको अबमुलयन वा अपमान भएको छ । २०६२÷६३ को जनआन्दोलन पछि दलको सिफारिसका आधारमा धेरै व्यक्तिलाई सहिद बनाउन थालेपछि सहिद शब्दको अबमूल्यन भएको हो । मापदण्डका आधारमा सहिदको घोषणा गर्नेभन्दा पनि दलहरुले आफ्ना कार्यकर्ता समर्थक मारिएको अवस्थामा सहिद घोषणा गर्ने परिपाटी नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायतले बसाएका छन् ।
पहिलो संविधान सभाको निर्वाचन अघि भएको मधेस आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेसवादी दलहरुले सहिद माने । फरक विचार राखेर आन्दोलनमा उत्रेका व्यक्तिलाई आन्दोलन दबाउने नाममा सत्ता पक्षले हत्या गरेको अवस्थामा त्यस्ता व्यक्तिलाई सहिदको गरिनु अन्यथा भन्न सकिँदैन तर नेपालमा निश्चित मापदण्ड अपनाई सहिद घोषणा गर्ने परिपाटी बसाउन भने सकेको देखिँदैन ।
हाम्रा राजनैतिक दलहरुको राजन्ैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी सहिद घोषणा गर्ने प्रवृतिले सहिदको परिभाषा सस्तो र अबमूल्यन भएको भाव हुन्छ । सहिद भन्नाले व्यक्तिगत वा पारिवारिक स्वार्थभन्दा माथि उठेर समाज, देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुन देशमा सामाजिक, आर्थिक, सांस्कृतिक वा राजनीतिक क्रान्ति भएका छन् । त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि मानिसले आफ्नो बलिदानी दिएका छन् भने त्यही सच्चा सहिद हुन्, देशभक्त हुन् ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । २०१२ देखि काठमाडौं महानगर पालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो । सहिद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा १९९७ माघ १३ गते र गंगालाल श्रेष्ठलाई र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा मारिएको थियो । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा १९९७ मा उहाँहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व २०६२÷०६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलन पछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ । तर, सरकारसँग हालसम्म मुलुकमा कति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन । नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ ।
त्यस्तै जिउँदा सहिद टंकप्रसाद आचार्यलाई मानिन्छ । वीर, अमर, यागी र भविष्यद्रष्टा सहिदहरुका बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमतिमार्फत् शान्ति, विकास गर्नसकेमा मात्र सहिदहरु कतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएन मन, बचन र कर्मले लाग्न जरुरी भएको देखिन्छ ।
राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवमु मानव अधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अमर सहिदको उच्च मूल्याङ्कन हुनुपर्छ । नेपाल र नेपालीको स्वतन्त्रता र आत्म सम्मानको लागि आफ्नो रगतका धारा बगाउन पनि पछि नपर्ने ती महान योद्दाहरु सधै स्मरणीय रहने छन् ।
नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र अहिले स्वतन्त्रता प्रदान गर्न सहिदको योगदान उच्च रहेको छ । सहिद दिवसा दिन सहिदलाई फूलमाला र अविरले छोपेर उनीहरुका सपना पूरा गर्छौ भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । तिनका सन्तानले के खाँदै छन्, के गर्दैछन् कसैलाई अत्तोपत्तो समेत छैन । त्यो कुरामा राज्य मौन छ । देशमा राजनीतिलाई सुमार्गमा ल्याउन राजनीतिककर्मीको नैतिक धरातल बलियो हुनु प¥यो । नैतिक आचरणको धरातलको माटो हो सहिद जन्माउने ।
नैतिक बल ज्यादै ठुलो अस्त्र हो राज्य सञ्चालनका लागि । सहिदले राजनैतिक नैतिकता सिकाउन, भावी पिढिलाई पथभ्रष्ट हुनबाट जोगाउन र स्वदेशको माटोको बास्ना गह्रण गर्न आफूलाई बलिवेदीमा होमे । उनीहरुलाई आफ्नो शरीरको, परिवारको सन्तानको मात्र माया मोहले छोपेको भए राष्ट्रप्रतिको माया र कर्तव्य भुल्दथे तर उनीहरुले क्रुर शासकका अगाडि शालिनताका साथ गर्धन थाप्न पछि हटेनन् ।
आत्मसमर्पण गर्न जानेन । एकपटक सहिदको परिभाषा दिँदै समाजवादी चिन्तक मनमोहन भट्टराईले भनेका थिए– जब–जब राजनीतिककर्मीको मनमा कुविचारले जरा गाड्छ, तब–तब उसले राजनीतिक धर्म बिर्सेर पापकर्म गर्दै जान्छ, परिणाम धन कमाउँदै जान्छ, समाजमा भ्रष्ट कर्म गर्दै जान्छ ।
निजी स्वार्थका लागि समाज र राष्ट्रका नैतिक मूल्य र मान्यता भुल्दै जान्छ । आफू व्यभिचारी बनेको थाहाँ हुन्न तर अर्ति उपदेश नैतिकता दिन्छ । अहिलेका नेतृत्व वर्गमा यस्तै अराजकता बढिरहेको छ । यस्ता अराजकतालाई निर्मूृल पार्न बलियो योद्दाको जन्म हुनुपर्दछ । त्यही महा माव वीर योद्दा हाम्रा सहिद हुन जसले हाँसि–हाँसि फाँसी चढे, तातो गोली छातिमा थापे देश र जनताको मुहार फेर्नका लागि । ज्यानभन्दा ठुलो प्रजातन्त्र सहिदको सुन्दर नेपालको परिकल्पना गरे । इतिहास भविष्यको मार्गदर्शन गर्ने माध्यन भएकाले त्यही कुरा हाम्रो पिढीलेसम्म अध्ययन गर्ने मौका पायो ।
वर्तमानमा राज्य सञ्चालन गर्ने राजनैतिक दल र तिनका शीर्ष नेताले सहिद परिवारको रित्तो कोख, खाली सिउँदो र छहारीविहीन असाय बालबालिकाको आँसु पुछ्न सकेको छैन । प्रत्येक नागरिकले भ्रष्ट नेताको वास्तविक सम्पत्ति विवरण देख्न चाहेका छन् । कुनैबेला दक्षिण एसियाली मुलुकमा भ्रष्टाचारको पङ्गतिमा पाँचौ नम्बरमा परेको हाम्रो मुलुक अहिले एक नम्बरमा झारेको छ, यस्तो किन भइरहेको छ । यो जवाफ सहिदका परिवारले मात्र खोजेको छैन सेती नदीको किनारमा गिट्टी कुट्दै गरेका, सडक पेटीमा मकै भटमास बेचिरहेका सबै नागरिकले खोजिरहेका छन् ।
अन्तर्राष्ट्रिय जगतमा राजनीतिक विश्वास दिालाउन सफल लोकतान्त्रिक पार्टी पनि हो नेपाली कांग्रेस । संसारका लोकतान्त्रिक शासन प्रणाली अपनाएका मुलुकमा समाजवादका प्रखर नेता विपी कोइरालाको नाम नै कापी छ तर विपीका अनुयायीहरु परिवारवादमा लिप्त भए, भष्ट भएर मुलुकमा देखा परे । देशको ठुलो लोकतान्त्रिक पार्टी जसले गौरवशाली इतिहास बोकेको छ र संघर्षशील लोकतान्त्रिक पार्टीका नेताहरुको यो अनैतिक चरित्रका पछाडि केले भूमिका खेलिरहेछ ? प्रधानमन्त्री पद त्याग्ने लौह पुरुष गणेशमान सिंहको पार्टीभित्र पदका लागि हाम्रा नेताहरु किन सति जान खोज्दै छन् ? बामपन्थीका सामु किन घुँडा टेकेर लम्पसार पर्छन् ।
सहिद परिवारप्रति किन न्यायको र सम्मानको भाषा बोल्न कन्जुस्याई गर्दैछन् । कांग्रेसका नेता किसुनजी सबैका आदरपात्र थिए, चोखा थिए । त्यसबेला कांग्रेस थियो उसको सान, मान र इज्जत प्रंशसा गर्न लायक थियो । फूलबारीमा पुग्न माहुरीको संगत गर्नुपर्दछ भने झै कांग्रेस परिश्रम गर्न छोडेर अर्काको काँधमा बुई चढेर अगाडि बढ्न खोज्यो त्यही समयदेखि कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाएर पतनको सुरुवात ग¥यो ।
कांग्रेसको अहंमता र घमण्डीपनले उसको पतन सुरु भयो । अब कांग्रेसमा शुद्धिकरण गर्ने हो पुर्खाको त्याग र बलिदानीको सच्चा सम्मान गर्ने हो भने भविष्यमा युवा जमातले कांग्रेस जस्तो कांग्रेस जन्माउनु पर्दैछ । युवा पुस्ताका नेता पनि पुरानो पुस्ताका पाइलालाई पछ्याएर भविष्यमा छिट्टै प्रधानमन्त्री बन्ने सपना पालेर सफलताको शिखरमा पुग्ने अभिलाषा पाल्नु हुँदैन ।
मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए त्यही परिवर्तनको नेतृत्व अग्रपङ्गतिमा रहेर नेपाली कांग्रेसले ग¥यो । देशको मुहार फेर्ने दृढ संकल्प सहित क्रान्तिमा होमियो । मुलुकमा उल्लेख्य परिवर्तन पनि भएको छ त्यही प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसकि विचलित हुन कांग्रेसको चरित्रले दिँदैन ।
मानिस असल र खराब बन्ने उसको संगतले हो । राजनीतिक पार्टीमा पनि यही नियम लागु हुन्छ । कांग्रेसको आफ्नै पहिचान र छुट्टै चिनारीलाई नागरिकले रुचाउँछन् । कहिले कांग्रेसले माओवादीसँग कहिले एमालेसँग कुम जोडेर अगाडि बढ्न खोज्नु भनेको आफ्नो अस्तित्व माथि धावा बोल्नु हो । सरकार सञ्चालन गर्ने कांग्रेस, एमाले, माओवादीलगायतका दललहरुले सहिदको सम्मान गर्दै सुशासन लागु गर्न सके त ? भ्रष्टाचार रोक्ने सके ?
निष्कलकित भए ? दुधले धोएर सत्ताबाट जनताको घरदैलोमा पुग्न सके प्रश्न गम्भीर छ ? वर्तमानमा हरेक राजनीतिक दल र सरकारले आफू मात्र नभएर आफ्ना श्रीमती, साला, साली, ससुराली, मावली र अन्य भ्रष्टाचारीलाई नातावाद र कृपावादको प्रवृतिबाट मुक्त भएर स्वच्छ छवि भएकालाई अवसर दिएर यिनीहरुलाई पदमा जानबाट रोक्न सके त ? सहिद र सहिद परिवारले खोजेको परिवर्तन यही हो ? उनीहरुले परिकल्पना गरेको समातामूलक समाज र सामाजिक न्याय प्रापत भयो ?
यी र यस्ता प्रश्नको जवाफ सहिद परिवारलाई दिन सक्नुपर्दछ । सहिदले देखेका सपनालाई चकनाचुर पार्दै उनीहरुले देखेको रामराज्यलाई भ्रष्टाचारीको चंगुलमा फसेको देख्दा सहिदको आत्माले शान्ति प्राप्त गर्न सक्दैन । वर्तमान निराशाजनक अवस्थाले सहिदको आत्मा छटपटिएको छ । देश र जनताको ना बेचेर आ–आफ्नो दुनो सोझाउने र व्यक्तिगत स्वार्थ शिद्द गर्नेहरुले देशको अवस्था र व्यवस्था फेर्नुको साटो आफ्नै अवस्था फेरिरहे ।
व्यवस्था बदलियो तर नेतृत्व वर्गको प्रवृति फेरिएन । यस्तो भोगाइ, जनताको दुरावस्था सहिद परिवारको बेदना, भक्कानिएर आएको आँसुको भेल देख्दा सिंगो देश रुन्छ, माटो रुन्छ, पानीका छादहरु उल्लेर आन्दोलित हुन्छन्, हावा वेफ्वाक उडिरहन्छ र सिंगो प्रवृति अदृहास गर्दछ तर यी मानवरुपी शरीर धारण गरेर ढुंगारुपी मन बोकेका नेतृत्व वर्गको मन पग्लिँदैन र सहिदका सपना माथि कतै हामीले कुठाराघात त गरिहेका त छैनौ भनेर यिनीहरुको आत्मा पनि झस्कँदैन बरु ढुक्कका साथै सहिदका सपना पूरा गर्ने दृढसंकल्प गरी बारम्बार धोका दिइरहन्छन् ।