गीता उपनिषद्को सार हो

एकराज शर्मा अधिकारी
गिता उपनिसदको सार हो । वेदको सार उपनिसद हो । उपनिसदको सार गिता हो । गिता कर्मभक्ति ज्ञान गरी मोक्षसम्म पु¥याउने साधन हो । वर्तमान युगमा पापको वृद्धि भएको छ । त्यसैले धर्मको स्थापना गर्न ठाउँ–ठाउँमा ज्ञान महायज्ञहरु हुन लाइरहेका छन् । ज्ञान प्राप्त गर्न बर्मज्ञानीको उपदेशलाई पालना गर्नुपर्छ । गितामा कृष्ण भगवान्ले दिनु भएको उपदेशलाई पालना गर्नुपर्छ । ज्ञान दिने वक्ताहरु धेरै छन् । ज्ञान सुन्ने श्रोताहरु पनि धेरै छन् । ज्ञान दिने र लिनेको मन शुद्ध हुनुपर्छ ।
चित्त शुद्ध हुनुपर्दछ । नभए ज्ञान फलदायी हुँदैन । वर्तमान युगमा मानिस संस्कारिक कार्यमा व्यस्त छन् । त्यसैले समस्त वैदिक साहित्य हो । वैदिक साहित्यको अध्ययन गर्न सम्भव छैन । वैदिक धर्मग्रन्थ हो । अध्ययन गर्न सम्भव छैन । संस्कारिक मानिसले एउटै श्रीमद भावगत गिता अध्ययन गरे मात्र वैदिक ग्रन्थको सार्थकतत्व बुझ्न सकिन्छ ।
गिता महाभारत युद्धको समयमा कृष्णको मुखारविन्दुबाट निस्किएको पवित्र उपदेश हो । अर्जुन मोहग्रस्त भएको हुनाले युद्ध गर्न असमर्थ भई हतियार त्याग गरेको अवस्थामा श्रीकृष्णले दिएको उपदेश हो । वर्तमान युगमा मानिसहरुले एउटै शास्त्र, एउटै धर्म, एउटै पेसा गर्न रुचाउँछन् । यसो हुनाले संसारभरीका मानिसका लागि एउटा मात्र नाम श्रीकृष्णको जप गर । कृष्णको सेवा गर भनी भगवान्ले भन्नुभयो ।
हामीले अनेकौ पेसा गर्छौ, अनेकौको सेवा गर्छौ । गीता सुगिता कर्तव्या किमअन्यै शास्त्रविस्तरै । गितालाई राम्ररी पढेर अनुसन्धान गरे अरु कुनै शास्त्र पढ्नु पर्दैन । श्रीमद भागवत गितामा सात सय श्लोक छन् । १८ अध्याय छन् । यसमा कृष्ण अजुर्न र सन्जय र धृतराष्ट्रको सम्वाद छ । गिता धेरै थरीका छन् । श्रीमद भागवत गिता, राम गिता, देवी गिता, गणेश गिता, अष्टाबक्र गिता, अवधुत गिता ।
गितामा उपनिसदको रहस्य घुसेको छ । भगवान्को बाणी भएकाले यसको महत्व ठुलो छ । यो कल्पवृक्ष समान हो । जे चितायो त्यही दिन्छ । गिताले पाठकको क्षमता अनुसार ज्ञान दिन्छ । गिताको रहस्य खोज्न, बुझ्न सबैले सक्दैनन् । विवेक चाहिन्छ, वैराग्य चाहिन्छ, सरसम्पत्ति चाहिन्छ, मोक्षको इच्छा चाहिन्छ । गिता पढेर मात्र हुँदैन । शब्द ज्ञान गरेर मात्र हुँदैन ।
व्यवहारमा उतार्न सक्नुपर्दछ । यसमा सामप्रदायिक भेदभाव छैन । जसले पढे पनि हुन्छ । बसु धैव कटुम्बकम भन्ने यसको मूल मन्त्र हो । यो संकुचित घेराभित्र बाधिएको छैन । यो सनातन हो । गिताको मुख्य लक्ष्य हो । आत्मज्ञान प्राप्त गर्नु । आत्मा सबैको छ । हिन्दुको पनि छ, इसाईको पनि छ, क्रिश्चियनको पनि छ, जयनको पनि छ, बौद्धको पनि छ ।
यो विशेष धर्म होइन । सामान्य धर्म हो । सबैले पालना गर्नु पर्ने धर्म हो । मुख्य केन्द्रमा सबैले आत्मा राखेका छन् । मानिसमा जबसम्म घमण्ड रहन्छ । काम, क्रोध, लोभ, मोह रहन्छ तबसम्म गिताको ज्ञान हुन सक्दैन । गितामा आध्यात्मिक र भौतिक ज्ञानको विवेचना गरिएको छ । ज्ञान चेतन हो, विज्ञान जड हो । निस्काम कर्म योग गर्न गिताले सिकाएको छ । निस्काम कर्म भनेको आशारहित कर्म गर्नु हो । अर्को कुरा कुनै पनि समाज राष्ट्र र राष्ट्रका प्रमुखले जस्तो आचरण गर्छ ।
त्यस्तै तलका पुस्ताले पनि गर्छन् । त्यसैले जसले समाज अथवा राष्ट्रको नेतृत्व गर्छ, त्यसले राम्रो आचरण र व्यवहार गर्नुपर्छ । आफूमा भएको अंहकार नफालेसम्म कर्म सफल हुँदैन । निस्काम कर्म गरे मात्र कर्म सफल हुन्छ । आफ्नो प्रशंसा आफूले गर्नु हुँदैन । मानिसमा दोधारे पन छ । म शरीरमुखी आत्मा हुँ । म शरीर हुँ कि आत्मा हुँ छुट्याउन सकेको देखिँदैन ।
शरीर मर्छ, आत्मा मर्दैन भन्ने कुरा थाहा हुनुपर्छ । शरीर र इन्द्रीयबाट गरेका कार्य सबै नष्ट हुन्छन् । आत्मा नष्ट हुँदैन । गितामा पूर्णदृष्टि भएका श्रीकृष्ण अर्धदृष्टि भएका अर्जुन अल्पदृष्टि भएका सन्जय दृष्टिविहीन धृतराष्ट्रको सम्वाद छ । धृतराष्ट्र अन्धा भए पनि ज्ञानी थिए । त्यसैले वेदव्यासले दिव्यदृष्टि दिन्छु भन्दा पनि लिएनन् । उनलाई हाम्रो कौरवको विजय हुँदैन भन्ने थाहा थियो र यतोधर्म ततोजय ।
जता धर्म हुन्छ त्यतैको जित हुन्छ भनेका थिए । महाभारतमा कौरव र पाण्डवको युद्ध भएको थियो । गिता शास्त्र धर्मग्रन्थ मात्र होइन संसारको दिव्यदृष्टि पनि हो । शास्त्रमा बताएको कर्म सबैले गर्छन् तर आसत्यरहित भएर कर्म गर्न सबैले सक्दैनन् । त्यसैले मानिस कर्मको बन्धनमा पर्छन् । फलको आशा राखेर कर्म गर्ने मानिस देउताको पूजा गर्छन् ।
फलको आशा राख्ने मानिस कहिल्यै पनि माथि उठ्न सक्दैन । वर्ण व्यवस्था योग्यताको आधारमा गरेको हो । तोकेको कर्म पूरा गरेपछि त्यो ठाउँ खाली हुन्छ र त्यो मानिस अर्को वर्णमा जान्छ । तोकिएको कर्म गरेन भने त्यो वर्ण शंकर हुन्छ । कर्म योग गर्ने मानिस स्वर्गसम्म जान्छ । स्वर्गको सुख भोग छ । फलको आशा नगरेर कर्म गर्ने मानिस मोक्षसम्म हुन्छ । फेरि जन्मनु पर्दैन । संसारको दुःख भोग्नु पर्दैन । यही नै उपनिसेदको सार हो ।