calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

तुलसीपुर -१३ मा बालवालिकालाई पोसिलो आहारा वितरण

दाङ,१६ माघ । तुलसीपुर उपमहानगरपालिका-१३ मा बालवालिकालाई पोसिलो आहारा वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका-१३ स्वास्थ्य चौकीको सहकार्य तथा अजरवैजान राजदुतावासको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजनामा बुधबार बालवालिकालाई पोसिलो आहारा वितरण गरिएको हो |

बालवालिकालाई पोसिलो आहारा वितरण कार्यक्रममा दुई वर्ष मुनिका बालबालिकाहरु र बालवालिकाहरुका आमाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सेवा प्रतिष्ठान नेपालको महासचिव केउलापति चौधरी (कल्पना) ले गरेकी थिइन् भने कार्यक्रममा परामर्श तुलसीपुर उपमहानगरपालिका- १३ को स्वास्थ्य चौकी इन्चार्ज यज्ञबहादुर डाँगीले गरेका थिए |

पोसिलो आहारा वितरण कार्यक्रममा सेवा प्रतिष्ठान नेपालको कोषाध्यक्ष प्रकाश केसी, कर्मचारी आशिष कार्की र महिला स्वास्थ्य स्वयंसेविका बुद्धिबालिका बस्नेतलगायतको सहभागिता रहेको थियो।